• २०८१ बैशाख ७ शुक्रबार

मोदीविरुद्ध उम्मेदवारी दिने यादवको उम्मेदवारी रद्ध

kharibot

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवार बनेका पुर्वबीएसएफ जवान तेज बहादुर यादवको मनोनयन रद्ध भएको छ ।

भारतको उत्तरप्रदेशको बाराणसी निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका यादव समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको उम्मेदवारको रुपमा मनोनयन गरेका थिए । यादवले यस अघि सोहि क्षेत्रबाट स्वतन्त्र रुपमा मनोनयन गरेकोमा दुई पार्टीले उनलाई समर्थन गर्ने भनेपछि पहिलाको उम्मेद्वारी रद्ध गर्दै फेरी मनोनयन गरेका थिए । 

यादवले दुइ पटक मनोनयन गर्दा फरक फरक विवरण बुझाएको भन्दै उनलाई बुधबार बिहान ११ बजेसम्मका लागि जवाफ दिन निर्वाचन आयोगले समय दिएको थियो । यादवले सो समयसम्म जवाफ नदिएकाले उनको मनोनयन खारेज भएको बताइएको छ ।

यादवले भने षड्यन्त्र पुर्वक आफ्नो मनोनयन खारेज गरिएको भन्दै आफु सर्वोच्च अदालत जाने बताएका छन् ।

यादवको मनोनयन खारेज भएपछि अब सम्ज्वादी पार्टीबाट शालिनी यादव मोदीविरुद्ध लड्ने भएकी छन् ।

तेज बहादुर यादव आर्मीमा खाना राम्रो भएन भनेर सार्वजनिक रुपमा टिप्पणी गरेपछि उनलाई कारवाही गर्दै सन् २०१७ मा सेवाबाट बर्खास्त गरिएको थियो ।
                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै