• २०८१ बैशाख ४ मंगलबार

५० वर्षपछि फेसबुकमा जीवित प्रयोगकर्ताभन्दा ‘डेड’ प्रोफाइल बढी हुने 

kharibot

बेलायत। सन् २०१९ को पहिलो त्रैमासमा चर्चित प्रविधि कम्पनी फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता २ अर्ब ३८ करोड पुगेको बताएको थियो । फेसबुकका प्रयोगकर्ता भारत र चीनको जनसंख्याभन्दा धेरै छन् । एक नयाँ अध्ययनले सन् २०७० सम्म फेसबुकमा जीवित प्रयोगकर्ताभन्दा मृत प्रोफाइल धेरै हुने बताएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको कार्ल ओहम्यान र डेभिड वाट्सनले हालको समयमा फेसबुकका प्रयोगकर्ताको संख्यालाई आधार मानी यो अध्ययन गरेका हुन् । यदि फेसबुकका प्रयोगकर्ताको संख्यामा वार्षिक १३ प्रतिशत वृद्धिको हिसाब गर्ने हो भने यो शताब्दीको अन्त्यसम्म फेसबुकमा डेड प्रोफाइलको संख्या ४ अर्ब ९० करोड पुग्नेछ ।

डाटा सुरक्षित गर्न इतिहासकार र पुरातत्त्वविद्को सहयोग लिनुपर्ने 

डेभिड वाट्सनका अनुसार इतिहासमा पहिला कहिल्यै पनि मानवीय गतिविधि र संस्कृतिलाई यसरी एकै स्थानमा राखिएको छैन । यो अर्काइभलाई नियन्त्रण गर्नु हाम्रो इतिहासलाई नियन्त्रण गर्नुजस्तै हो । कुनै पनि किसिमको नाफाका लागि यो डाटामा पहुँच हुन नहुने वाट्सनको भनाइ छ । डाटालाई सुरक्षित गर्न फेसबुकले इतिहासकार तथा पुरातत्त्वविद्को सहयोग लिनुपर्नेमा वाट्सनले जोड दिएका छन् । 

मेमोरियलाइज्ड अथवा लेगेसी अकाउन्ट 

फेसबुकका प्रयोगकर्ताको मृत्यु भएपछि उनको अकाउन्टलाई लेगेसी अकाउन्टमा बदलिन्छ । यसलाई मेमोराइज्ड अकाउन्ट पनि भनिन्छ । फेसबुकको सेटिङमा एक अप्सन हुन्छ जहाँ लेगेसी अकाउन्ट सेलेक्ट गरेपछि त्योमेमोरियलाइज्डमा परिवर्तन हुन्छ । 

नवभारत टाइम्सबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै