• २०८१ बैशाख ७ शुक्रबार

वैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु

kharibot

काठमाडौँ ।  सरकारले यहि वैशाख १७ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ । 

सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सिंहदरबारमा आयोजी पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रीपरिषद बैठकले सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसनसफ्टवेयर लागू गर्ने निर्णय गरेको छ । त्यस्तै दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.), फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति, महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि वन क्षेत्र प्रयोग गर्ने निर्णय गरेको छ ।

वैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु :
        
१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६-७७–२०८०-८१) को आधारपत्र स्वीकृत गरिएको छ । 
२. सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसनसफ्टवेयर लागू गर्ने निर्णय गरिएको छ ।
३. साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
४. हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधन गर्ने निर्णय गरिएको छ । 
५. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ– 
क) दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.)
ख) फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति
ग) महाकाली सिँचाइ आयोजनाको नहर निर्माण
६. प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरिएको छ । 
७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४÷७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ ।
८. सैनिक प्राविधिक सेवा नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
९. सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै