• २०८१ बैशाख १३ बिहीबार

फ्राइडे रिलिज : दाल भात तरकारी, तोड्ला त शत्रु गतेको रेकर्ड ?

kharibot

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक हो ‘दाल भात तरकारी’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

महसञ्चारले निर्माण गरेको यस फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

रिलिज अघि नै सार्वजनिक गरिएको फिल्मको गीत 'भिजिट भिषा' माले युट्युबमा करोडभन्दा बढी भ्यूज बटुलिसकेको छ । त्यस्तै सार्वजनिक ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन् । विदेश जनाए मोहबाट ग्रसित आम नेपाली समाजको अहिलेको अवस्थालाई चित्रण गरेर यो फिल्म बनाइएको फिल्मको ट्रेलरबाट बुझ्न सकिन्छ ।

यहि समुहले बनाएको यस अघिको फिल्म ‘शत्रु गते’ बक्स अफिसमा सुपरहिट भएको थियो । शत्रु गतेले बक्सअफिसमा करिब ११ करोड ग्रस कलेक्सन गरेको बताइन्छ । अहिले ‘दाल भात तरकारी’ लाई अघिल्लो आफ्नै फिल्म शत्रु गतेको यो रेकर्ड तोड्ने चुनौतीबीच फिल्म दर्शकमाझ आएको छ । 

फिल्मको ट्रेलर :

फिल्मले उपत्यकासहितका मल्टिप्लेक्स हलमा राम्रो शो पाएकाले फिल्मले शुरुमै राम्रो कलेक्सन गर्ने फिल्म विश्लेषकहरु बताउछन । अहिले प्रदर्शन भैरहेको हलिवुडको फिल्म ‘एभेञ्जर इण्ड गेम’ का कारण ‘दाल भात तरकारी’ ले मल्टीप्लेक्समा राम्रो सोज नपाउने धेरैको अनुमान थियो । त्यसैले पनि फिल्म एक हप्ता पछाडि सारिएको थियो ।

दोस्रो साता पनि हलिउड फिल्म ‘एभेञ्जर’ ले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको भएपनि अब ‘दाल भात तरकारी’ लाई खासै असर नपर्ने देखिन्छ ।

नेपालकै ठूलो मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले अग्रिम बुकिङमा राजधानीका पाँच स्टेशनमा फिल्मलाई २० शो उपलब्ध गराएको छ । मोफसलतर्फ पनि फिल्मले राम्रो शो पाएको छ ।

फिल्मको गीत 'भिजिट भिषा' गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै