• २०८१ बैशाख १४ शुक्रबार

पेट्रोल-डिजेलको मुल्य बढ्यो  

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य बढाएको छ ।

निगमले राती १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।

तर हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ मुल्य बढाएको छ । 

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ पुगेको निगमका प्रवक्ता विरेन्द्र गाइतले खरीबोटलाई जानकारी दिएका छन् ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै