• २०८१ बैशाख ७ शुक्रबार

नेपालले चाईनिज ताईपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने 

kharibot

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले चाईनिज ताईपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप मैत्रीपूर्ण पुर्ण खेलको आयोजना गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

एन्फाका अनुसार नेपालले आगामी जुन ६ मा ताईपेईसँग मैत्रिपुर्ण खेल खेल्ने जानकारी दिएको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले राष्ट्रिय टिमको अभ्यास चाँडै सुरु गर्ने जानकारी दिएका छन् ।

नेपालले प्रतिस्पर्धा गर्न लागेको चाईनिज ताईपेई फिफा वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल फिफा वरियताको १ सय ६१औ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै