• २०८१ बैशाख १३ बिहीबार

अक्षयकुमारको पिडा- 'क्यानडियन नागरिकता विवाद बढ्दा निराश छु'  

kharibot

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले उनको क्यानडियन नागरिकतालाई लिएर विवादमा रहेका छन् ।

भारतमा जारी लोकसभा निर्वाचनमा अक्षयकुमारले भारतीय नागरिकता नभएका कारण मतदान गर्न नपाएपछि अहिले उनको आलोचना भएको छ । हालै अक्षयकुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको गैर राजनीतिक भन्दै एक अन्तर्वार्ता लिएपछि अहिले मिडियामा अक्षयकुमारको देशप्रतिको प्रेमका बारेमा आलोचना हुदै आएको छ ।

यसैबीचमा अक्षयकुमारले आफ्नो पिडा एक संदेश जारी गर्दै पोखेका छन् । उनले लेखेका छन्, ' मैले यो बुझ्न सकेको छैन की मेरो नागरिकताको बारेमा किन यति धेरै नकारात्मक टिप्पणी भैरहेको छ । मैले मेरो क्यानाडाको नागरिकता भएको विषय कसैसँग लुकाएको छैन । र यो पनि सत्य हो की म पछिल्लो ७ बर्ष क्यानाडा गएको छैन ।'

अक्षयकुमारले अगाडी लेखेका छन्, 'म भारत मै काम गर्छु र यँहाको करदाता पनि हुँ । जँहा यी बर्षहरुमा मलाई भारतलाई लिएर आफ्नो प्रेम साबित गर्नुपर्ने कुनै जरुरी भएन । यो कुराले म निकै निराश छु की अहिले मेरो नागरिकताको विषय बिना कारण विवाद बनाउने कोशिश भैरहेको छ ।'

अक्षयकुमारले पछिल्लो समयमा देश प्रेमका फिल्ममा काम गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिक रहेको कारण चुनावी राजनीतिमा अक्षयकुमार निशाना बनेको बताइएको छ ।                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै