• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डोको गोलमा युभेन्टस हारबाट बच्यो 

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले खेलको ८४औ मिनेटमा गोल गर्दै हारबाट बचाएका हुन् । त्यस्तै टोरिनोका लागि ससा लुकिकले खेलको खेलको १८औ मिनेटमा गोल गर्दै युभेन्टसविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

रोनाल्डोले युभेन्टसका लागि यस सिजनमा सिरी ए मा २९ खेलमा २१ गोल गरेका छन् भने युभेन्टसका लागि सबै खेलमा २८ गोल गरेका छन् । रोनाल्डोले यो सिजनमा गरेको गोल संख्या पछिल्लो ९ सिजनमा गरेको कम गोल हो । रियल म्याड्रिडमा रहदा रोनाल्डोले एक सिजनमा सबै भन्दा कम सन् २००९-१० सिजनमा ३३ गोल गरेका थिए ।

युभेन्टसले यस सिजनको सिरी ए को उपाधि जितिसकेको छ । अहिलेसम्म खेलेका ३५ खेलमा युभेन्टस ३५ खेलमा ८९ अंक हासिल गरेको छ । युभेन्टस अब सिरी ए अन्तर्गत एएस रोमासँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै