• २०८१ बैशाख ८ शनिबार

राप्रपा निकट प्रवासी नेपाली एकता समाज युएईको अधिबेशन सम्पन्न

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिबेशन दुबईमा सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको बताएका छन् । महामन्त्री लिङ्देनले राप्रपाको बिषयमा रहेका भ्रमलाई चिर्दै अगाडि बढ्ने बिचार व्यक्त गरे ।

अधिबेशनको उद्घाटन गर्दै लिङ्देनले भूगोलको नेपाललाई भावनाको नेपालमा रहने प्रवासी नेपालीहरुले खबरदारी गर्नुपर्ने आबस्यकतामा जोड दिए । सो अबसरमा बोल्दै राप्रपा प्रदेश नम्बर ५ का अध्यक्ष प्रदीप कुमार उदयले मुलुकमा भ्रस्टाचार र बेतिथी बढेको भन्दै राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नु पर्ने बिचार ब्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले प्रवासमा बस्ने नेपालीहरुको रेमिटेन्सबाट चलेको मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट हुनु दुर्भाग्यपुर्ण भएको बताए । त्रुटिपूर्ण मार्गचित्रले मुलुकलाई समस्याको दलदलमा फसेकोले मार्गचित्र परिबर्तन हुनुपर्नेमा जोड दिए ।

राप्रपा प्रवास बिभाग प्रमुख बिजय खड्काले प्रबासी नेपालीको मताधिकारको रक्षाको निमित्त राप्रपाले बुलन्द आबाज उठाएको बताए ।

सो अबसरमा प्रवासी नेपाली एकता समाज मध्य पुर्ब अध्यक्ष तोयानाथ लम्साल लगायत विभिन्न संगठनका प्रमुखहरुले बोलेका थिए। प्रवासी एकता समाज युएईका अध्यक्ष शशी सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले ३१ सदस्यीय कार्य समितिको सर्बसम्मत निर्बाचित गरेको छ ।

प्रवासी नेपाली एकता समाज युएईको प्रथम तथा ऐतिहासिक अधिवेशनबाट निर्बाचित कार्यसमिति निम्नानुसार रहेको छ :

बरिष्ठ सल्लाहकार : विश्व देव शाह
सल्लाहकार : ब्रिजेश त्रिपाठी
सल्लाहकार : गोविन्द प्याकुरेल
अध्यक्ष : शशी सिलवाल
बरिष्ठ उपाध्यक्ष : मनोज जयसवाल
उपाध्यक्ष  : किशोर केसी
सचिव :  देवराज पौडेल
कोषाध्यक्ष : नारायण पोख्रेल
सह-कोषध्यक्ष : कमल बस्याल
प्रवक्ता : लक्ष्मण श्रेष्ठ
बरिष्ठ सदस्य: भिम मल्ल ठकुरी

सदस्यहरु : महेन्द्र खत्री, त्रिलोचन बराल, रोशन संग्रौला, राम खड्का, जिबन सिंह ठकुरी, जगदिश पाठक, दिपक पौडेल, गंगा लिम्बु, मधुकर थापा, विजय तिवारी,
हर्क बहादुर राणा, राजु श्रेष्ठ, टेकराज भट्टराई, मनोज घिमिरे, विश्व मल्ल ।

महिला सदस्यहरु : शर्मिला थपलिया, कमला लामा, सम्झना राडेल ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै