एकादेशमा रुखहरू थिए ।
सबेरै
ती रुखहरू मुस्कुराउँदै ब्यूँझन्थे
अनि ब्यूँझाइदिन्थे
सपनीलाेक पुगिसकेका चराहरूलाई ।
चराहरू पनि मुस्कुराउँदै ब्यूँझन्थे
अनि अलाैकिक गीत गाउँथे-
रुखहरूकाे हरियालीकाे
रुखहरूकाे शीतलताकाे
रुखहरूकाे प्रभुत्वकाे
रुखहरूकाे सङ्घर्षकाे
रुखहरूकाे आन्दाेलन र विद्राेहकाे ।
रुखहरू
चराहरूकाे गीत सुनेर
मन्त्रमुग्ध हुन्थे
आभार प्रकट गर्थे चराहरूप्रति
अनि आफैं गीत गाउँन थाल्थे-
मानिसहरूबीचकाे प्रगाढ प्रेमकाे
गाउँन थाल्थे गीत-
ईश्वरजस्ता मानिसहरूकाे
थाल्थे गीत गाउँन-
मानिसहरूकाे कर्मशीलताकाे ।
मानिसहरू
रुखहरूकाे गीत सुनेर
भक्कानिन्थे..............रुन्थे
उबेला
मानिसहरूभित्र
अलाैकिक र अाध्यात्मिक प्रेम थियाे
थियाे उबेला मानिसहरूभित्र
मानवताकाे सगरमाथा
मानिसहरूभित्र थियाे उबेला
प्रकृतिप्रेमकाे गहनता ।
रुखहरूकाे
शीतलतासँग मितेरी गाँसेर
मानिसहरू पनि गाउँथे गीत-
रुखहरूकाे साैन्दाैर्यताकाे
रुखहरूकाे कर्तव्यनिष्ठताकाे
रुखहरूकाे अलाैकिकताकाे ।
गीत गाउँथे मानिसहरू-
सदा सर्वदा मुस्कुराइरहने वनजङ्गलहरूकाे
इन्द्रेनी गीत गाउँने चराचुरूङ्गीहरूकाे
जीवन दिने सारा रुखहरूकाे ।
रुखहरू सपना देख्थे
फगत रुखहरूकाे
चराहरू सपना देख्थे
फगत रुखहरूकाे
मानिसहरू सपना देख्थे
फगत रुखहरूकाे ।
रुखहरू विपना देख्थे
केवल रुखहरूकाे
विपना देख्थे चराहरू
केवल रुखहरूकाे
देख्थे विपना मानिसहरू
केवल रुखहरूकाे ।
सपना
रुखहरूकै थियाे
विपना
रुखहरूकै थियाे
थियाे जीवन
रुखहरूकै
मृत्यु थियाे
रुखहरूकै ।
जे थियाे बस् रुख थियाे
फगत रुख थियाे
रुखैरुख थियाे ।
एकादेशमा रुखहरू थिए ।