• २०८१ बैशाख १२ बुधबार

नेइमारको गोलमा पिएसजी हारबाट बच्यो  

kharibot

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजी निससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसजीलाई नेइमारले हारबाट बचाएका हुन् । नेइमारले खेलको ६०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पिएसजीका लागि बराबरी गोल फर्काएका थिए । यसअघि निसका लागि इग्नाटिउस गनागोले खेलको ४६औ मिनेटमा गोल गरेका थिए ।

नेइमारले यस खेलमा गोल गर्दै पिएसजीका लागि ५० गोल पनि पुरा गरेका छन् । नेइमारले पिएसजीका लागि सबै प्रतियोगितामा ५७ खेल खेल्दै ५० गोल गरेका हुन् ।

पिएसजीले यस सिजनको लिग वान उपाधि जितिसकेको छ । लिग वानमा पिएसजी ३५ खेलमा ८५ अंक बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै