परीक्षा बोर्डका अध्यक्षमा पौडेल

खरीबोट
ad

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा चन्द्रमणि पौडेल नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो । त्रिविका पूर्वरजिष्ट्रार पौडेल हाल सोही विश्वविद्यालयमा तथ्याकंशाशस्त्रका प्राध्यापक हुन् । 

पौडेलले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्तिको निर्णय भएको जानकारी दिएकाले आफूले चाँडै कार्यभार सम्हाल्ने बताए । शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई सो संस्था बोर्डमा रुपान्तरण भएको थियो । 

विसं २०७३ असार १५ मा सो संशोधित ऐन लागू भए पनि हालसम्म बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा पदेन उपाध्यक्ष (शिक्षा मन्त्रालयका सचिव) को नेतृत्वमा सामान्य कार्य सञ्चालन हुँदै आएको थियो । सो पदमा विज्ञापन गरी आवेदकमध्येबाट लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले पौडेलको नाम पठाएको थियो । 

पौडेलले माध्यमिक शिक्षाको मूल्याकंन र सम्परीक्षणको कार्य स्वायत्त गराउन तथा संघीय संरचनानुसार प्रादेशिक कार्यालय खोल्नेलगायत कामको योजना आफूसँग भएको बताए ।

सम्बन्धित समाचार

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

भक्तपुर।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ ।  कक्षा १२ को नतिजा प्रकाशित गर्न आज

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै 

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज मात्रै सार्वजनकि गर्ने तयारि गरेको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सकिएको जनाउँदै बुधबार नतिजा

कक्षा १२ को नतिजा विहिबार आउने 

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा बिहीबार मात्रै सार्वजनकि गर्ने भएको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सकिएको जनाउँदै बुधबार नतिजा सार्वजनिक

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन छलफल 

भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको