काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण अन्तिम चरणमा

खरीबोट

फिदिम । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ ।

मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १२६ टावर छन् ।

 कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ । “एउटा टावर गाढ्न बाँकी छ”, आयोजना प्रमुख द्विवेदीले भने ।

आर्थिक वर्ष २०६२÷६३ बाट शुरु भएको आयोजनाको निर्माणकार्य भने २०६६÷६७ मा शुरु भएको थियो । पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । यस्तै टावरका लागि आवश्यक पर्ने १.५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो ।

सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन्, झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । रु २५ करोड लागतले दमक सवस्टेशन शुरुमै निर्माण सम्पन्न भएको थियो । बाँकी तीन सवस्टेशन निर्माणको लागत रु ५५ करोड थियो । तीन वटै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन् । सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए ।

सम्बन्धित समाचार

ओमान सिरिजमा डिआरएसको प्रयोग : प्रत्यक्ष प्रशारण हुने  

काठमाडौँ । ओमानमा आज देखि ५ देश सम्मिलित टी-२० सिरिज शुरु हुदै छ । यस सिरिजमा आयोजक ओमानसहित नेपाल, हङकङ, नेदरल्याण्डस र आयरल्याण्डले भाग लिदै छन् । प्रतियोगितामा भाग लिन नेपाली टिम

त्रिकोणीय सिरिजको प्रत्यक्ष प्रशारण हुने, नेपाली टिम सिंगापुर पुग्यो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिकोणीय टी-२० सिरिज खेल्न सिंगापुर पुगेको छ । बुधबार राति त्यसतर्फ गएको नेपाली टोलिले शुक्रबार देखि शुरु हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणीय टी-२० सिरिज

मर्स्याङ्दी करिडोर प्रशारण निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन

काठमाडौँ । सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ ।  समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत्

दश वर्षपछि सकियो काबेली करिडोर

काठमाडौँ । विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने


z