‘क्रान्तिभ्रम’ अब बजारमा

खरीबोट

काठमाडौँ । साहित्यको विभिन्न विधामा कलम चलाउने लेखक शोभाकान्त सुवेदीले आफ्नो पहिलो कृति ‘क्रान्तिभ्रम’ बजारमा ल्याएका छन् ।

आख्यान विधाका अनेक विधाहरुमध्येको एक विधा लघुकथाको रुपमा रहेको यो कृतिमा पछिल्लो अढाई दशकमा लेखिएका बयासी वटा कथाहरु समेटिएका छन् ।  

उनका यी कथाहरुमा लघुकथामा समेटिने उत्साह, भय, जुगुप्सा, विस्मय, रतिराग, शोक, क्रोध, लोभ, मोह आदि सबै भावहरुलाई पछ्याएर देशमा विद्यमान लैङ्गिक विभेद, गरीबी, विकास, कुरीति, सामाजिक, राजनीतिक उथलपुथल, वैचारिक समस्या, दर्शन आदि विषयसम्बन्ध कथाहरु समेटिएका छन् ।

हरिमाया बराल सुवेदीद्वारा प्रकाशित यस कृति एक सय चौरासी पृष्ठमा रहेको छ । यो कृतिको बजारमूल्य तीनसय राखिएको छ ।

सम्बन्धित समाचार

समृद्धिका लागि कला र साहित्य महत्वपूर्ण : मन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित

‘...त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ’’

गलेश्वर ।     ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि     छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।     सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा      छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित

राजनीतिले लेखनमा 'गाइड' गर्दछ : धर्मेन्द्र नेम्बाङ

लामो समयदेखि साहित्य लेखन तथा राजनीतिमा सक्रिय रहँदै आएका कवि धर्मेन्द्र नेम्बाङको दोस्रो कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ यही वैशाख १४ गते शनिबार मण्डला थिएटरमा एक कार्यक्रममा बीच

आख्यानकार गौतमलाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौँ । युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ ।   प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा


z