पुनःनिर्माण प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

खरीबोट

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करीब रु छ खर्ब ३० अर्ब रकम सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । सोहीअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो । 

उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिए ।

उनले प्राधिकरणको पुनःनिर्माणको काम द्रुत गतिमा अघि बढिरहेको तथा पछिल्लो एक वर्षमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको भन्दै पुनःनिर्माणको कामलाई छिटो र थप प्रभावकारी बनाउन सरकारले हरतरफले प्राधिकरणलाई सहयोग गर्ने वचन दिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । 

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।

सम्बन्धित समाचार

पुनःनिर्माण प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले

पुनःनिर्माण प्राधिकरणले फिर्ता लियो लाभग्राहीबाट रु २३ करोड

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको

पुनःनिर्माण जारी राख्न प्राधिकरणको आह्वान

काठमाडौँ । भूकम्पले भत्किएका घर पुनःनिर्माणलाई जारी राख्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको छ ।  यसअघि भूकम्पले भत्किएका घरको जग हाली असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो ।

भूकम्पपीडितको राहतका कार्य परिणाममुखी र प्रभावकारी हुनुपर्ने

विराटनगर / भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित छ जिल्लामध्ये


z