• २०८१ बैशाख ८ शनिबार

विप्लव समुहका गोरखा इञ्चार्जसहित दुई जना पक्राउ

kharibot

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको उनले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै