• २०८१ बैशाख ७ शुक्रबार

महानायक अमिताभ बच्चन बारे रमाइला रोचक तथ्य 

kharibot

मुम्बई । बलिवुडमा आफ्नो अभिनय कला र सादकीपनबाट सबैको मनमा बस्न सफल महान्य्क अमिताभ बच्चनले मंगलबार आफ्नो ७५औ जन्मदिन मनाउदै छन् । यस उमेरमा पनि अन्य युवा अभिनेताहरु जस्तै सक्रिय रहेका अमिताभ बच्चनको जीवनमा अनेक उतार चढाव देख्न सकिन्छ । त्यसका बावजुत पनि आफ्नो अभिनय जीवनलाई जीवन्त र सक्रिय बनाउन उनि अहिलेसम्म सफल रहेका छन् । अहिले पनि अमिताभ टेलिभिजन शो कुन बनेगा करोडपति, सिनेमा, विज्ञापन लगायत अन्य सामाजिक काममा उत्तिकै सक्रीय रहेका छन् । महानायक अमिताभ बच्चनका केही रोचक तर कम जानकारी भएका तथ्य हामीले प्रस्तुत गर्दै छौ ।

महिनाको ८ सय तलबमा काम :

फिल्मी दुनियामा आउनु भन्दा अगाडी अमिताभ बच्चनले कोलकोतामा एक रेडियो प्रस्तोता र एक शिपिंग कम्पनिमा एक्जुकेटिभको रुपमा काम गरेका थिए । त्यस समयमा अमिताभले महिनाको ८ सय रुपिया तलब पाउने गर्दथे । उनि सन् १९६८ मा नोकरी छोडेर मुम्बई आएका थिए । मुम्बई आउदा अमिताभसँग तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको सिफारिस पत्र पनि रहेको थियो । जसको आधारमा उनलाई सात हिन्दुस्तानी फिल्ममा काम पाएको बताइन्छ । सो फिल्मबाट अमिताभले पहिलो पटक राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।

फिल्म गुड्डीबाट अमिताभलाई हटाइएको थियो :

ऋषिकेश मुखर्जीले बनाएको फिल्म गुड्डीमा सुरुमा नायकको भूमिकामा अमिताभ बच्चन रहेका थिए । अमिताभले सो फिल्मको केहि सिन सुटिंग पनि गरेका थिए । तर पछि अमिताभलाई सो फिल्म सुट नगरेको बह्न्दै फिल्मबाट हटाइएको थियो । पछि सो भूमिकामा समित बांजालाई अभिनय गराइएको थियो । तर ऋषिकेश मुखर्जीसँग अमिताभले मिलि, चुपके चुपके, अभिमान जस्ता सुपर हिट फिल्ममा काम गरेका थिए ।

जयासँग विवाहपछि पहिलो विदेश यात्रा :

अमिताभ र जयाको विवाह उनीहरुले अभिनय गरेको फिल्म अभिमानको रिलिजको एक महिना अगाडी भएको थियो । फिल्म जंजिरको सुटिंगका बेला नै फिल्म हिट भएमा सबै कलाकारलाई विदेश घुमाउन लैजाने घोषणा निर्माताले गरेका थिए । फिल्म हिट हुना साथ अमिताभले आफ्ना पिता हरिबंश राय बच्चनसँग जयालाई लिएर विदेश जाने अनुमति मागे तर उनका पिताले जयालाई विवाह गरेर मात्र विदेश लैजान निर्देशन दिए पछि दुवैले विवाह गरेर पहिलो विदेश यात्रामा गएका थिए ।

रेखाको विषयमा घरमा हंगामा :

सन् १९७८ मा अमिताभ र रेखाको प्रेमको चर्चा हुन् थाल्यो यो विषयमा अमिताभको घरमा निकै हंगामा भएको थियो । सबै अखबार र पत्रिकाको मुख्य समाचार नै रेखा र अमिताभको प्रेमको बनेपछि घरमा तानव हुनु स्वाभाविक नै थियो । तर यो तनावलाई कम गर्न जया बच्चनले ठुलो भूमिका खेलेकी थिइन् । जयाले रेखालाई डिनरका लागि रेखालाई आफ्नो घरमा बोलाएकी थिइन् । घरमा बोलाएर रेखालाई राम्रो व्यवहार गर्दै जयाले आफ्नो घर देखाउने देखि लिएर निकै बेर फिल्म, घर व्यवहारका धेरै कुरा गरेकी थिइन् तर सो क्रममा दुबैले अमिताभको विषयमा भने कुनै कुरा गरेनन् । तर जब रेखालाई बिदाई गर्न जया घरको गेट निर आइन अनि उनले प्रष्टसँग रेखा लाई भनिन् मैले अमिताभलाई कहिल्लै छोड्ने छैन । त्यसपछि यो विवाद केहि साम्मे भएको थियो ।

राजनीतिमा विवादस्पद ;

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि अमिताभ राजीव गान्धीको सल्लाहमा राजनीतिमा आएका थिए । अमिताभले इलाहवादको लोकसभा सिटबाट चुनाव लडेर तात्कालीन भारतीय राजनीतिका चाणक्य मानिने हेमवती नन्दन बहुगुणालाई पराजित गरिदिएका थिए । पछि अमिताभलाई चर्चित बोफर्स काण्डमा दोषी पनि बनाइएको थियो । 

१५ फिल्ममा डबल रोल :

अमिताभ बच्चनले १५ फिल्ममा डबल भूमिका निभाएका छन् । अमिताभले बाँधे हात, अदालत, कसम वादे, डन, द ग्रेट ग्याम्बलर, देश प्रेम, सत्ते पे सत्ता, बेमिसाल, महान, आखिरी रास्ता, तुफान, बढे मिया छोटे मिया, सुर्यबंशम, लाल बादशाह, हम कौन है गरी १५ फिल्ममा एक भन्दा बढी भूमिकामा अभिनय गरेका छन् ।

फ्रान्सको ड्युबी सहरको दुर्लभ नागरिकता :

सन् २००३ मा अमिताभ बच्चनलाई फ्रान्सको ड्युबी शहरको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।यो कुनै विदेशीलाई प्रदान गरिने दुर्लभ प्रकारको नागरिकता रहेको छ । ड्युबी सहरले यस्तो सम्मान बेलायतकी महारानी एलिजवेद द्वितीय, पहिलो पटक अन्तरीक्षमा प्रवेश गर्ने यात्री युरी गागा रिन तथा पप जान पल द्वितीयलाई प्रदान गरेको छ ।

गम्भीर घाइते :

फिल्म कुलीको सुटिंगको क्रममा अभिनेता पुनित इसरले हानेको मुक्काका कारण अमिताभ गम्भीर घाइते भएका थिए । अमिताभलाई भेट्न तत्कालिन प्रधानमत्री इन्दिरा गान्धी पनि मुम्बईको ब्रिज क्यान्डी अस्पताल पुगेकी थिइन् । सो समयमा अमिताभकी पत्नी जया बच्चन ब्रिज क्यान्डी अस्पतालबाट सिद्दिविनायक मन्दिर सम्मको ६ किलोमिटरको दुरी हरेक दिन पैदल जाने गर्दथिन् र अमिताभको स्वास्थ्यको कामना गर्ने गर्दथीन् ।

अमिताभको सुरक्षामा आधा अफगानिस्तान :

मुकुल आनन्दले बनाएको फिल्म खुदा गवाहको सुटिंगका क्रममा अफगानिस्तान गएका अमिताभ बच्चनको सुरक्षामा तत्कालिन अफगानी राष्ट्रपति नजिबुल्लाहले आधा अफगानी सुरक्षा बल तैनाथ गरिदिएका थिए । भनिन्छ खुदा गवाह अफगानिस्तानमा अहिलेसम्मकै सबै भन्दा हिट फिल्म हो ।  

-एजेन्सीहरुको सहयोगमा 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै