• २०८१ बैशाख ८ शनिबार

मापदण्ड बिपरित खोला उत्खननले जोखिम निम्त्याउँदै !

kharibot

बारा । मापदण्ड बिपरीत नदी जन्य पदार्थको उत्खननले बाराका मुख्य राजमार्गमा पर्ने पुल सहिँत दर्जनौ बस्तीहरु उच्च जोखिमा पर्ने संभावना देखिएको छ ।

ठेक्केदारहरुको चरम लापरवाहीले नदीको प्राकृतिक संरचनालाई बिथोलिने गरी अत्याधुनिक उपकरण प्रयोग गर्दै नदीमा ठुलाठुला खाडल बनाई नदी जन्य पदार्थ ढुंगा , ग्राभेल र बालुवा उत्खनन गरेकाले पुल , बस्तीका साथै उर्वर भुमी समेत उच्च जोखिममा पर्ने संभावना देखिएको हो ।

ठेक्केदार पक्षको यही रवैया कायम रह्यो भने पूर्वपश्चिम राजमार्गको दुधैरा , बाडगंगा र पसाहा खोलाका पुल भाँसिने लगायत जीतपुरसिमरा उपमहानगरपालिका अन्तरर्गत पर्ने वडा नं.१२ , १३ , १४ , १५ , १६ र १८ । कलैया उपमहानगरपालिकाको वडा नं.१८ , २१ र २२ र पर्सौनी गाउँपालिकाको ३ र ४ वार्डहरु आउँदो वर्षातमा डुवानमा पर्ने संभाबना देखिएको छ । 

स्थानीय श्रोत साधन संकलन ऐन बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नों मातहतमा रहेका पसाहा , बाढगंगा र दुधौरा खोलालाई आर्थिक वर्ष २०७५ र ०७६ का लागि ६ करोड २७ लाखमा लगाएको ठेक्का कलैया उपमहानगरपालिका वडा नं.१६ को बिनोद साह निर्माण सेवाले स्वीकारेको थियो । 

गत आश्विन १ देखि उत्खनन हुँदै आएकोमा आर्थिक वर्षको अन्त्य हँुन लाग्दा समेत लगानी नउठ्ने भन्दै मापदण्ड बिपरीत यत्रतत्र नदी जन्य पदार्थको दोहन ठेक्केदार पक्षले गरेको देखिन्छ । 

नियमन निकाय जीतपुरसिमरा उपमहानगरपालिकाले अनुगमनलाई फितलो बनाई देखेर पनि नदेखेको अभिनय गरेको छ । अघिल्ला वर्षहरुमा पनि मापदण्ड बिपरीत नदी उत्खनन् हुँदै गर्दा पूर्वपश्चिम राजमार्ग निजगढ पथलैया सडक खण्डको दूधौरा पुल गत २०७० र २०७४ मा दुई पटक भाँसिसकेको थियो । राष्ट्रिय राजमार्गको पुल भाँसिदा महिनौं सम्म डाईभर्सनबाट यातायात सञ्चालन गर्नु परेको थियो ।

सम्झौता अनुसार पुलको दायाँ बायाँ पाँच सय मिटर छोडेर र खोलाको सतह अढाई देखी तीन मिटर गहिराई सम्म उत्खनन गर्न पाउँने सर्तनामा भए पनि २५ देखि ३० मिटर सम्म गहिराईमा उत्खनन भएको देखिन्छ ।

पालिकालाई मापदण्ड बिपरीत उत्खनन भएको लिखित र मौखिक जानकारी पटक–पटक गराउँदा समेत उपमहानगरपालिकाले बेवास्था गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ का अध्यक्ष हिरा गुरुङ्गले बताए । 

ठेक्केदार पक्षले सम्झौता र मापदण्ड विपरीत उत्खनन गरेको स्वीकार्दै नियमन निकाय पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले पटक–पटक चेतावनी दिईसकेको र अब पनि यस्तै रवैया रहे कानुनी उपचारको प्रकृया अगाडी बढाइँने बताए । 

यता जिल्ला डिभिजन कार्यालय सिमराका निमित्त प्रमुख प्रमानन्द प्रसादले आफ्नों भन्दा पनि नगरपालिको क्षेत्राधिकारको काम भएको आँफु कुनै कारवाही गर्न नसक्ने बताउँदै अनुगमनका क्रममा मापदण्ड बिपरीत काम भएको देखिए पछि आँफुले कार्यालयको तर्फबार लिखित जानकारी गराई सकेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै