• २०८१ बैशाख १४ शुक्रबार

र्यालीसँगै सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बाँडियो

kharibot

बारा । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजनामा ट्राफिक सचेतना र्याली तथा सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बितरण गरिएको छ ।

‘यु.एन. ग्लोबल रोड सेफ्टी विक’ का अवसरमा सडक दुर्घटना न्युनिकरणका लागि सचेतना फैलाउँने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यायहरुलाई चालक अनुमती पत्र सम्बन्धी ट्राफिक नियम पुस्तिका बितरण गरिएको हो ।

जीतपुरसिमरा नगर उद्योग बाणीज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ बाराको सहयोगमा सिमराका बिभिन्न बिद्यालयहरुलाई सो पुस्तिका हस्तान्तरण गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रबक्ता रिपेन्द्र सिंहले जानकारी दिए । 

पुस्तक बितरण कार्यक्रममा बोल्दै प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख योग बहादुर पालले विद्यार्थी उमेर समुँहका युवाहरु बढी दुर्घटनाको जोखिममा रहँने गरेकाले कार्यक्रम विद्यार्थी लक्षित गरिएको बताए । 

ट्राफिक नियम बारे जानकारी राखी सोही नियम भित्र रहेर सवारी चलाए दुर्घटना न्युनिकरणमा ठुलो सफलता हात पर्ने भन्दै उनले सोही नियम बारे विद्यार्थी जिवन देखी नैं जानकारी राख्न आवश्यक रहेको बताए । 

यस अघी जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेल , प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईँ , विद्यार्थी शिक्षक , समाजसेबी , शुरक्षाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागीतामा ट्राफिक सचेतना सम्बन्धी र्याली निकालिएको थियो । 

सिमरा मुख्य चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी पुन ः सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सकभागीले ‘सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गरौँ’, ‘लेन अनुशासनको पालना गरौँ’, मोटरसाईकल चलाउँदा हेलमेटको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै