• २०८१ बैशाख ८ शनिबार

सिटी फेरी शिर्ष स्थानमा, उपाधिको टुंगो अन्तिम खेलबाट लाग्ने 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको यस सिजनको उपाधिको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेपछि अब उपाधिको टुंगो अन्तिम खेलपछि लाग्ने भएको हो ।

सिटीले लेस्टरलाई पराजित गर्दै फेरी लिगको शिर्ष स्थानमा पुगेको छ । सिटीको जितमा खेलको ७०औ मिनेटमा भिकेन्ट कम्पनीले निर्णायक गोल गरेका थिए ।

यो सहित सिटीले प्रिमियर लिगमा लगातार १३ खेल जितेको छ । जितपछि सिटीको ३७ खेलमा ९५ अंक भएको छ भने ३७ खेलमा लिभरपुलको ९४ अंक रहेको छ । लेस्टर सिटी भने ३७ खेलमा ५१ अंकसहित नवौ स्थानमा रहेको छ । 

अब अन्तिम खेलमा सिटीले ब्राइटनलाई पराजित गरेमा यस सिजनको लिगको उपाधि सिटीले जित्ने छ । त्यस्तै लिगको अन्तिम खेलमा लिभरपुलले वोल्भरहम्पटनको सामना गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै