• २०८१ बैशाख ८ शनिबार

आइपिएलको पहिलो क्वालिफायरमा रोहित र धोनीको टक्कर

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत आज पहिलो क्वालिफायर अन्तर्गत मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

चेन्नईको घरेलु मैदानमा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुने छ ।

लिग चरणका खेलमा १८ अंक हासिल गर्दै रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहदै मुम्बई र चेन्नई प्लेअफमा पुगेका हुन् । यस खेलमा विजयी हुने टिम सिधै आइपिएलको फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।

रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई टिमको चेन्नईको घरेलु मैदान चेन्नईमा रम्रो प्रदर्शन रहेको छ । त्यस्तै समग्रमा पनि आइपिएलमा अहिलेसम्म यी दुई टिमबीच भएका कुल २६ खेलमा १५ खेलमा मुम्बई विजयी भएको छ भने चेन्नईले ११ खेल जितेको छ । त्यस्तै चेन्नईको मैदानमा अहिलेसम्म यी दुई टिमबीच भएका कुल ७ खेलमा ५ पटक मुम्बई विजयी भएको छ । त्यसैगरी यस सिजनमा यी दुई टिमबीच भएका दुवै खेलमा मुम्बई विजयी भएको छ ।

प्रमुख खेलाडीको कुरा गर्दा चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनी नै उनको कप्तानी जति उत्कृष्ट हुने गर्दछ यस सिजनमा उनको ब्याटिंग पनि उत्कृष्ट रहेको छ । धोनीले यस सिजनमा १२ खेलमा ३६८ रन बनाएका छन् जसमा ३ अर्धशतक रहेका छन् । त्यस्तै चेन्नईका लागि सुरेश रैनाले १४ खेलमा ३५९ रन बनाएका छन् ।

त्यस्तै मुम्बईका लागि अहिलेसम्म क्वेन्टन डी ककले सर्वाधिक ४९२ रन बनाएका छन् । जसमा ४ अर्धशतक सामेल छन् । त्यस्तै रोहित शर्माले १३ खेलमा ३८६ र हार्दिक पाण्डेयले १४ खेलमा ३८० रन बनाएका छन् ।

बलिङतर्फ चेन्नईका लागि इमरान ताहिरले सर्वाधिक २१ विकेट लिएका छन् भने । यस सिजनमा उनी उत्कृष्ट फर्ममा देखिएका छन् । त्यस्तै दिपक चहरले पनि १६ विकेट लिएर ताहिरलाई राम्रो साथ दिएका छन् । चेन्नईका स्पिनरले यस सिजन =मा उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्तै रविन्द्र जडेजा र हरभजन सिंहले पनि १३-१३ विकेट लिएका छन् ।

त्यसैगरी मुम्बईका लागि भने जसप्रित बुमराहले १७ विकेट लिएका छन् भने लातिस मालिंगाले १५ र हार्दिक पाण्डेयले १४ विकेट लिएका छन् ।

यस खेलमा मुम्बईका लागि हार्दिक पाण्डेय प्लेयर्स टु वाच रहेका छन् भने चेन्नईबाट कप्तान महेन्द्र सिंह धोनी रहेका छन् ।

चेन्नईक लागि मध्यक्रमका ब्याट्सम्यान केदार जादभ यस खेलमा इन्जुरीका कारण खेल्ने छैनन् भने अलराउन्डर डवेन ब्राभो इन्जुरीपछि खेलमा फर्किएको भएपनि त्यति लयमा देखिएका छैनन् । त्यस्तै मुम्बईका लागि अलराउन्डर क्रुनाल पाण्डेयको यू सिजन औसत गएको छ भने अर्का अलराउन्डर केरान पोलार्ड पनि यस सिजनमा त्यति सफल हुने सकेका छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै