• २०८१ बैशाख ८ शनिबार

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

kharibot

लण्डन । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् ।

सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू पिता भएको बताएका थिए ।

उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए ।

अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै