• २०८१ बैशाख १३ बिहीबार

रुस्लानले प्रियंका कार्की फिचर्ड विशेष क्यालेण्डर सार्वजनिक 

kharibot

काठमाडौँ । रुस्लानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर सार्वजनिक गरेको छ ।

बितेको ४० वर्षदेखि रुस्लानले बजार प्रवद्र्धन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको अत्यन्त लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ ।

यो वर्ष रुस्लानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुस्लान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ । र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियंका कार्कीसँग सहकार्य गरेर रुस्लान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

नेपालको लागि पहिलो पटक, यो क्यालेण्डरको लक्ष्य भनेको नयाँ तुलनाधार सिर्जना गर्दै विश्वव्यापी स्तरमा फेशनको उचाई पुर्याउने र सहकार्य गर्ने रहेको छ ।

क्यालेण्डरको छायाँकन प्रतिभाशाली फोटोग्राफर सञ्जोग राईको कुशल नजरबाट अत्यन्त बिस्तारपूर्वक सौन्दर्यानुभूति सहित गहन ढंगले गरिएको छ ।

प्रियंका कार्की आफ्नो कलालाई संवेदनशील तवरले सम्पन्न गर्नमा माहिर कलाकारको रुपमा परिचित छिन् ।

यो क्यालेण्डरसँगको आबद्धताको बारेमा आफ्नो भनाई राख्दै उनले भनिन् “रुस्लान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तौर तरिकाहरु एवं नवीन सिर्जनाहरुको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो । साथै यो तपाईंको शरीरको बनौट जस्तो भएपनि त्यसलाई स्वीकार गरिरहने सम्बन्धी पनि हो । म तन्दुरुस्त र बलियो रहन कडा परिश्रम गर्ने गर्छु । स्वीमसूट क्यालेण्डरमा देखिनु शारीरिक र मानसिक दुवै तवरले कठिन कुरा हो, तर म विश्वास गर्दछु कि ठूलो र भिन्न कामहरु गर्नलाई कडा मेहनत गर्नुको कोहीसँग कुनै विकल्प हुँदैन ।”

हाइ–फेशन क्यालेण्डरहरु मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र ती मध्ये केही विश्व–स्तरका ब्राण्डहरु छन् । रुस्लान स्वीमसूट क्यालेण्डरका प्रत्येक पाना अत्यन्त जटिल, सन्तुलित र स्तरीयताको अद्भुत समीश्रण हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै