• २०८१ बैशाख ६ बिहीबार

काँग्रेसको सभामुखलाई आरोप : संसदको गरिमा राख्न सक्नु भएन

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले संसदीय गरिमा कायम राख्न नसकेको आरोप लगाएको छ। 

मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षीको विरोधका बीच सभामुखले बैठकका कामकारबाही सञ्चालन गरेको भन्दै संसदको गरिमा कायम गर्न नसकेको आरोप कांग्रेसले लगाएको हो ।
'सभामुखले संसदको गरिमा कायम गर्न सक्नुभएन। प्रधानमन्त्रीले पनि त्यो गरिमा कायम गर्न सक्नुभएन', नेता मिनेन्द्र रिजालले भने, 'यो विषयलाई हामी नागरिकसम्म लिएर जान्छौँ।'

नेमकिपाका सांसद प्रेम सुवाललले व्यवस्थित रुपमा बैठक सञ्चालन गर्न माग गरे। 'बैठक अलिकति बन्दोबस्तका साथ राख्न पाए हुने', उनले भने।

त्यस्तै राजपाका सांसद लक्ष्मणलाल कर्णले प्रतिपक्षी उठिरहेकाले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिने या नलिने विषयमा सहज रुपमा संसद चेल्मा मात्र बताउने भनेका थिए । कर्णको सो भनाईपछि सभामुखले कर्णको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
वार्षिक नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरूले राखेका सबै संशोधन प्रस्ताव अस्वीकृत भएका छन् ।

'म जवाफ दिनै उभिएको हो। जवाफ किन नदिने ?', प्रधानमन्त्रीले यसो भन्दै गर्दा कांग्रेसका सांसदहरू आआफ्नो ठाउँमा उभिएर विरोध गरिरहे ।

सभामुखले उनीहरूलाई आग्रह गरिरहे- 'बस्दिनुस् माननीय सदस्यहरू।' तर उनीहरू बसेनन् र सभामुखले आग्रह गरिरहे।  

'माननीय ज्यूहरूले दार्चुलाको तुइनको कुरा उठाउनुभएको छ। तुइन हटाइएको छ। पक्की पुल बनेका छन्। झोलुंगे पुल बनेका छन्। द्वन्द्वको घाउमा खाटा बसाउनेमा सरकारको ध्यान गएको छ', यति भनिसकेर प्रधानमन्त्रीले आफ्नो भनाई सके। 
अर्को बैठक बैशाख २७ बिहान ११ बजे बस्ने गरी सभामुखले बैठक अन्त्य गरे।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै