• २०८१ बैशाख १३ बिहीबार

वंशजको नागरिकता दिने गृहको परिपत्र रोक्न सर्वोच्चको अर्को आदेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्र रोक्न फेरि आदेश दिएको छ ।

गृहको परिपत्रविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि पनि अन्तरिम आदेश दिएर रोक लगाएकोमा सर्वोच्चले पछि फुकुवा गरिदिएको थियो ।

सर्वोच्चको आदेशपछि थुप्रै व्यक्तिहरुले वंशजको नागरिकता लिइसकेका छन् ।

तर, मंगलबार फेरि न्यायाधीशद्वय ईश्वर खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई रोक्दै गृहको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

कहिले परिपत्र कार्यान्वयनका लागि छुट दिने त कहिले रोक्ने आदेशका कारण अन्योल बढेको भन्दै सर्वोच्चले उक्त विषयलाई पूर्ण इजलासमा पठाउने र पूर्ण इजलासको आदेश नआउन्जेलका लागि परिपत्र कार्यान्वयन रोक्न आदेश दिएको हो ।
सर्वोच्चका आदेशहरुमा एकरुपता ल्याउनु जरुरी रहेको पनि आदेशमा उल्लेख छ ।

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता पेस गरेमा उनीहरुलाई वंशजको नागरिकता दिन ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै