• २०८१ बैशाख ८ शनिबार

रजनीकान्तको फिल्मको अडियो लन्चमा खर्च हुने भो १२ करोड ! 

kharibot

मुम्बई । बलिवुडमा फिल्म निर्माणमा पछिल्लो समय निकै पैसा खर्च गर्न थालिएको छ । बाहुबलीको दुई भाग निर्माणमा लगभग ५ सय करोड खर्च भएको फिल्मका निर्माताले बताएका थिए । अहिले रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म २.० को कुल लागत ४ सय करोड रहेको बताइएको छ ।

तर अहिले रजनी र अक्षयको यस फिल्मको अडियो लन्चको समाचारले बलिवुडलाई तरंगित बनाएको छ ।  

दुबईमा गर्न लागिएको यस फिल्मको अडियो लन्चको कुल खर्च १२ करोड रहेको बताइएको छ, जुन अक्षयकुमारको हालै रिलिज भएको फिल्म ट्वाइलेट एक प्रेम कथा निर्माणको कुल बजेट हो ।

बलिवुडमा कुनै फिल्मको अडियो लन्चमा यति पैसा अहिलेसम्म खर्च गरिएको थिएन । अक्टोबर २७ मा गर्न लागिएको यो कार्यक्रममा फिल्मका सबै कलाकारलाई चार्टर प्लेनबाट दुबई लैजान लागिएको छ । मुम्बई चेन्नई र भारतका अन्य शहरबाट प्लेन चार्टर गरेर दुबई लैजान लागिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगामी जनवरी २५ मा रिलिज हुने यस फिल्मलाई बलिवुडको महत्वाकांक्षी फिल्म रहेको बताइएको छ ।

बाहुबली पछि यस फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यस फिल्ममा अक्षयकुमार भिलेनको भूमिकामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै