• २०८१ बैशाख ८ शनिबार

जापानमा रोजगार : नेपाली र जापनीपक्षबीच भिडियो वार्ता, जापानी जवाफको प्रतिक्षामा 

kharibot

काठमाडौं ।  नेपाली कामदार जापान पठाउने विषयमा दुई देशबीचका उच्च अधिकारीहरुबीच निरन्तर छलफल भइरहेको बताइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार दुई देशबीचका अधिकारीहरुबीच कामदार पठाउने विषयमा निरन्तर भिडियो वार्तालाप भएको बताए । ‘हामी दुवै पक्षले भिडियो वार्तालाई निरन्तरता दिइरहेको छौं , ’उनले खरीबोट सँग भने । 

श्रम सम्झौता पछि संयुक्त बैठक बसेर आवश्यक विषयहरुमा छलफल गरी अघि बढिनेछ तर सम्झौता भएको करिब डेढ महिना पुग्न लाग्दा बैठक बस्न सकेको छैन । यद्पि नेपाली पक्ष अर्थात् मन्त्रालयबाट बैठकको लागि अगाडि बढ्न तयार रहे पनि जापानी पक्षबाट कुनै ठोस् निर्णय नआएको मन्त्रालयले जनाएको छ ।

‘छिटो भन्दा छिटो संयुक्त बैठक बस्छौं तर यही दिन र यो मितिमै बस्छौ भनेर भन्न सकिने अवस्था छैन ,’ सहसचिव घिमिरेले भने  । यद्पि उनले नेपाली पक्ष भने बैठकको लागि तयारी अवस्थामा रहेको समेत जानकारी गराए । ‘हामी बैठकका लागि तयारी छौं जापानी प्रतिनिधिहरुलाई पर्खर बसेका छौं ,’ उनले भने । 

नेपाल र जापानबीच संयुक्त समिति बनाएर सम्झौतामा नसमेटिएका विषयमा नेपाली पक्ष स्पष्ट हुन चाहेको सहसचिव घिमिरेले बताए । मन्त्रालयका अनुसार प्रक्रियाकाबारे नेपालले प्रश्न बनाएर जापानलाई पठाइसकेको छ । जापानबाट भने प्रतिक्रिया आएको छैन । 
नेपाली कामदार जापान पठाउन वैदेशिक रोजगार विभागमा छुटै संयन्त्र निर्माण गरिने भएको छ । ठगी नियन्त्रण गर्न जीटूजीमार्फत् कामदार पठाउन समझदारी गरिएको हो ।

जापानले नेपाली कामदार जापानमा बसेर काम गरेको अवधि अनुसा सीप परिक्षा दिनु पर्ने÷नपर्ने विषयमा समेत तय गर्ने बताइएको छ ।

जापानले आगामी पाँचवर्ष भित्र नेपालसहित नौ मुलुकबाट श्रमिक लैजाने तयारी गरेको छ । तीनलाख भन्दा बढी श्रमिक लाग्ने तयारीमा रहेको जापानले नेपालको साथै चीन , थाइलयाण्ड, इण्डोनेसिया, म्यानमार , फिलिपिन्स , कम्बोडिया , मंगोलिया र भियतनामबाट श्रमिक लानेछ । 

जापानले विभिन्न मुलुकबाट लाने श्रमिकका लागि १४ क्षेत्रमा रोजगारी खुला गरेको छ । कृषि, नर्सिङ, केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ । नेपालीहरुको लागि नर्सिङ , खाध सेवा, भवन सफाई, कृषि, उधोग, जहाज कम्पनी तथा होटेल क्षेत्रमा रोजगारी दिनेछ । जापानले यसअघि फिलिपिन्ससँग समझदारी गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै