• २०८१ बैशाख १२ बुधबार

सातु, सर्वत खाएर मनाइयो अक्षय तृतीया

kharibot

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । 

जौको सातुमा गुँड, चिनी, घीउ, दही र सक्खर मिसाएर सर्वत बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । दान गरेपछि सपरिवार सर्वत र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभ कामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको थियो ।

मत्स्य, भविष्यलगायत पुराण ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेतायुगको शुरुआत भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै