• २०८१ बैशाख १३ बिहीबार

दीपिकाको सिउँदोमा दिवाकरको सिन्दुर    

kharibot

काठमाडौँ । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् ।

मंगलवार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन् । हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन । 

विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तश्बिर बाहिर आएको छ । तश्बिरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा-दुलहीको पहिरनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी पनि देखिएका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् । 

फिल्म 'ऐश्वर्य' को सेटबाट सुरुभएको दुवैको प्रेम अब अफिसियल रुपमा वैवाहिक जीवनमा पुगेको छ । 'ऐश्वर्य' बाट डेभ्यु गरेकी दीपिका सोहि फिल्मका निर्देशक रहेका दिवाकरसँग फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेको बताइएको छ । उनीहरुले गएको फागुनमा इन्गेजमेन्ट गरेका थिए । 

'ऐश्वर्य' सँगै उनले 'स्टुपिड मन', 'क्याप्टेन' फिल्म निर्देशन गरेका दिवाकरले अब एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँग बनाउने घोषणा गरिसकेका छन् । दीपिकाले भने यस अघि 'छक्का पञ्जा ३' मा काम गरेकी थिइन् भने अहिले फिल्म 'हेल्लो जिन्दगी' मा व्यस्त छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै