• २०८१ बैशाख ११ मंगलबार

राष्ट्रिय सभामा तीन विधेयक पेश हुँदै

kharibot

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभामा बुधबार तीन विधेयक पेश हुने भएको छ । राष्ट्रिय सभाको चौथो अधिवेशनको पाचौं बैठकमा  तीन विधेयक पेश गर्न लागिएको हो । 

संघ, प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सन्दर्भमा व्यवस्था गर्न  बनेको विधेयक २०७५ लाई प्रधानमन्त्री के. पी. शर्मा ओलीले राष्ट्रिय सभामा पेश गर्ने  कार्यसूची रहेको छ । 

प्रमाण ऐन २०३१लाई संशोधन गर्न बनेको विधेयक २०७५लाई न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सभामा पेश गर्ने कार्यसूची रहेको छ । 

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५लाई विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले राष्टिय सभामा पेश गर्ने कार्यसूची रहेको छ । 

दिउसो दुई वजे राष्ट्रिय सभामा विधेयक पेश हुने कार्यसूची रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै