राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेठ १५ देखि

खरीबोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय स्वाभिमान यात्रालाई फेरी निरन्तरता दिने भएको छ ।

राप्रपाका जनसंघर्ष परिचालन समितिको बुधबार बसेको बैठकले राष्ट्रिय स्वाभिमान यात्रालाई निरन्तरता दिने निर्णय गरेको सह महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राप्रपाले यस स्वाभिमान यात्रालाई जनसंघर्षको दोस्रो चरणको कार्यक्रमको रुपमा संचालन गर्ने जनाएको छ । राप्रपाले जेठ १५ गतेदेखि विभिन्न ६ समुह बनाएर ४ केन्द्रिय टोलिको नेतृत्वमा जेठ मसान्त भित्र देशका सम्पूर्ण जिल्लामा स्वाभिमान यात्रा सम्पन्न गर्ने भएको जनाएको छ ।

यसअघि गत फागुन १५ देखि ३० गतेसम्म सम्पन्न मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाँकी रहेका जिल्लामा यहि जेठ मसान्त भित्र यात्रा सम्पन्न गर्ने भएको हो ।

राप्रपाले यस कार्यक्रमलाई सफल बनाउन अपिल समेत गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गत फागुन ३० गते काठमाडौँमा समापन गरेको थियो । 

सम्बन्धित समाचार

राप्रपाले एनसेल करछली प्रकरण सदनदेखि सडकसम्म उठाउने 

काठमाडौँ । एनसेल करछलिको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ । नेपालको सवै भन्दा ठूलो भ्रष्टाचार प्रकरणका बिषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत

राप्रपाको सरकारमा सभागिता : केही तथ्य, केही भ्रम

काठमाडौँ । नेपालको संविधान २०७२ जारि भएपछि सरकारमा राप्रपाको सहभागिता सम्बन्धि बिषय विवादास्पद, भ्रमपूर्ण र अलोकप्रिय रहेको छ । हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारमा गएको

राप्रपा युवा संगठनले राष्ट्रियता संरक्षण र भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्ने

बुटवल । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचार विरुद्ध मेची महाकाली युवा अभियान संचालन गर्ने निर्णय गरेको छ  । रुपन्देही जिल्लाको बुटवल स्थित विश्व हिन्दु महासंघको सभामा

सरकारले सुवर्ण मौकाको सदुपयोग गर्न सकेन : राप्रपा (संयुक्त)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यसमितिको


z