• २०८१ बैशाख ७ शुक्रबार

राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेठ १५ देखि

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय स्वाभिमान यात्रालाई फेरी निरन्तरता दिने भएको छ ।

राप्रपाका जनसंघर्ष परिचालन समितिको बुधबार बसेको बैठकले राष्ट्रिय स्वाभिमान यात्रालाई निरन्तरता दिने निर्णय गरेको सह महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राप्रपाले यस स्वाभिमान यात्रालाई जनसंघर्षको दोस्रो चरणको कार्यक्रमको रुपमा संचालन गर्ने जनाएको छ । राप्रपाले जेठ १५ गतेदेखि विभिन्न ६ समुह बनाएर ४ केन्द्रिय टोलिको नेतृत्वमा जेठ मसान्त भित्र देशका सम्पूर्ण जिल्लामा स्वाभिमान यात्रा सम्पन्न गर्ने भएको जनाएको छ ।

यसअघि गत फागुन १५ देखि ३० गतेसम्म सम्पन्न मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाँकी रहेका जिल्लामा यहि जेठ मसान्त भित्र यात्रा सम्पन्न गर्ने भएको हो ।

राप्रपाले यस कार्यक्रमलाई सफल बनाउन अपिल समेत गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गत फागुन ३० गते काठमाडौँमा समापन गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै