• २०८१ बैशाख ४ मंगलबार

पन्त र शाको उत्कृष्ट ब्याटिंगपछि दिल्ली क्वालिफायरमा

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न इलिमिनेटरको खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

हैदरावादले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा पृथ्वी शा र रिषव पन्तले आक्रामक ब्याटिंग गरेका थिए । शाले ३८ बलमा ५६ रनको पारी खेले भने पन्तले २१ बलमा आक्रामक ४९ रन बनाएर जितको आधार तयार गरेका थिए ।

त्यस्तै दिल्लीका लागि शिखर धवनले १७ र कोलिन मुन्रोले १४ रन बनाएका थिए ।

त्यस्तै हैदरावादका बलर भुवनेश्वर कुमार, खलिल अहमद र राशिद खानले २-२ विकेट लिएका थिए भने दीपक हुद्दाले एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

सनराइजर्सका लागि मार्टिन गप्टिलले सर्वाधिक ३६ रन बनाए भने मनिष पाण्डेले ३० रन बनाएका थिए । त्यस्तै कप्तान केन विलियम्सनले २८ रन बनाए भने रिद्धिमान शाह ८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै विजय शंकरले आक्रामक २५ रन बनाए भने मोहमद नावीले २० रन बनाएका थिए ।

विजयीले ११ बलमा २५ रन बनाए भने नावीले १३ बलमा २० रन बनाएका थिए ।

दिल्लीका बलर किमो पाउलले ३ विकेट लिए भने इशान्त शर्माले २ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट र  अमित मिश्राले एक एक विकेट लिए ।

यससँगै दिल्ली प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ भने अब दोस्रो क्वालिफायरमा शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । त्यस्तै सनराइजर्सको आइपिएल यात्रा भने टुंगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै