• २०८१ बैशाख ६ बिहीबार

बार्सिलोनाको हारको दोष प्रशिक्षक भालभर्डे र खेलाडी कोटिन्होमाथि !  

kharibot

काठमाडौँ । बार्सिलोनाको च्याम्पियन्स लिगबाट भएको अप्रयाशित बहिर्गमन पछि क्लबका प्रशिक्षक इर्नेष्टो भालभर्डे र ब्राजिलियन प्लेमेकर फिलिप कोटिन्होको बार्सिलोनामा भविष्य बारे प्रश्न उठाउन थालिएको छ ।

लिभरपुलविरुद्धको खेलमा बनाएको रणनिति र कोटिन्हो माथि बढी विश्वास गरेको भन्दै प्रशिक्षक भालभर्डेको आलोचना भइरहेको छ । स्पेनिस मिडियाहरुले बार्सिलोनाले प्रशिक्षक भालभर्डेलाई हटाउने तयारी गरेको रिपोर्ट सार्वजनिक गरेका छन् । क्लबले तुरुन्तै निर्णय नलिए पनि अर्को सिजनको लागि नयाँ प्रशिक्षकको खोजी सुरु भएको बताइएको छ ।

उनीमाथि सेमिफाइनलको दोस्रो लिगमा लिभरपुलविरुद्ध सहि रणनिति नबनाएको आरोप समेत लगाइएको छ । बेन्चमा मालकम, सेमेड़ोजस्ता खेलाडी हुदा पनि पुरै सिजन फ्लप रहेका र पहिलो लिगमा समेत फ्लप रहेका कोटिन्होलाई नै खेलाएकोले बार्सिलोना पराजित हुन् पुगेको विश्लेषण अहिले भैरहेको छ ।

यसखेलमा भालभर्डेको रणनीति ‘एक्स्पोज’ भएको देखिएको छ ।          

त्यस्तै क्लब स्रोतलाई उल्लेख गर्दै इएसपीएनले फिलिप कोटिन्हो पनि यस सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएको छ ।

क्लब स्रोतले कोटिन्हो बार्सिलोनाको खेलाडी नभएको बताइएको इएसपीएनले उल्लेख गरेको छ । रेकर्ड १६० मिलियन युरोमा लिभरपुलबाट कोटिन्होलाई भित्राएको बार्सिलोनाले लिभरपुलसँगको हारको प्रमुख कारण कोटिन्होको प्रदर्शनलाई देखाइएको छ ।

अब कोटिन्हो कुन क्लब जान्छन निश्चित नभएपनि बार्सिलोनामा भने उनको समय सकिएको देखिएको छ । लिभरपुलविरुद्धको पहिलो लिगमा बार्सिलोनाका फ्यानले कोटिन्होलाई उनको खराब प्रदर्शनका कारण हुटिङ गरेका थिए । त्यस घटनापछि कप्तान लियोनेल मेसीले फ्यानहरुलाई संयमित हुन र कुनै खेलाडीलाई अपमान नगर्न आग्रह समेत गरेका थिए ।     

२०१७/१८ सिजनमा बार्सिलोना आएका कोटिन्होले अहिलेसम्म बार्सिलोनाका लागि सबै प्रतियोगितामा ७४ खेलमा २१ गोल गरेका छन् । पहिलो सिजनमा बार्सिलोनाका लागि कुल १० गोल गरेका कोटिन्होले यस सिजनमा ११ गोल गरेका छन् । मिडिया रिपोर्टका अनुसार कोटिन्हो फ्रान्स या जर्मनीक क्लबमा जान सक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार क्लबले आगामी मे २५ मा भलेन्सियाविरुद्धको कोपा डेल रे फाइनलपछि नै प्रशिक्षकका बारेमा निर्णय लिने बताइएको छ । साथै आइतबार हुने ला लिगाको खेलमा फ्यानको रियाक्सन हेरेर समेत केहि निर्णय लिने क्लब स्रोतलाई उल्लेख गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै