शुरु भयो रातो मछिन्द्रनाथको जात्रा

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई बुधबार साँझ तानेर गाबहाल पुर्याएको छ । 

बर्सेनी वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने गरिएको छ । चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो । आजै गाबलहालमा छोयलाबु गरिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।

उनका अनुसार भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गलबजार आसपास पु¥याइनेछ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिने जोशीले बताए ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएका जोशीले बताए । उनले भने, “अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् ।”

किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको ज्योतिष दैवज्ञ जोशीले बताए । गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । अहिले सबैतिर ज्यापु समाजले नै रथ तान्ने गरेको जोशीले बताए । उनले भने, “रथ तान्ने मात्रै नभएर सुरक्षित रुपमा भनिएको ठाउँमा पुर्याउनुपर्ने भएकाले समाजले जिम्मेवारी लिएको हो ।”

समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरिकामा पनि परिवर्तन आइरहेको जोशीले बताए । झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिनमा वा भोलिपल्ट पुल्चोक चोकमै रहेको मण्डपपाटीसम्म रथलाई तानेर लगिने गरेको उनको भनाइ छ । अहिले साङ्केतिक रुपमा मात्रै मण्डपपाटी पुर्याइँदै आइएको छ । 

“अहिले पञ्चसूत्र धागोलाई साङ्केतिक रुपमा मण्डपसम्म तानिन्छ”, उहाँले भन्नुभयो, “वास्तवमा परम्परामा परिवर्तन आउनु हुँदैन ।” रथयात्राका क्रममा रातो मछिन्द्रनाथका विभिन्न प्रसङ्गसमेत समेटिएको पाइन्छ । याक मिसा भुजा अर्थात् महिलाले रथ तान्ने दिन  तामझामका साथ इटिटोलमा रहेको रथलाई महिलाले तानेर थटिटोलसम्म पु¥याउँछन् । याक मिसा भुजाको अर्थ एकल महिलाको जात्रा हो । मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुने जोशीले बताए ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए । देवतालाई  पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका उनीहरु भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर रेटभन्दा कम नभएको बताउँछन् भने अर्कातिर रकमे ज्याला कम भएको गुनासो गर्ने बर्सेनी दोहोरिन्छन् । त्यति हुँदाहुँदै पनि उनीहरु मन लगाएर काम गर्छन् । समयमा नै र तिथिअनुसार सबै काम हुने गरेको छ ।

सम्बन्धित समाचार

शुरु भयो रातो मछिन्द्रनाथको जात्रा

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई बुधबार साँझ तानेर गाबहाल पुर्याएको छ ।  बर्सेनी वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने

पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

ललितपुर । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ

जात्रामा काम गर्ने सेवक जुटाउन समस्या

ललितपुर, ६ वैशाख (रासस) ः गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गाह्रो पर्न थालेको छ । पहिले सेवक(गुठी भाषामा रकमे भनिन्छ) सँग पर्याप्त समय भए

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

काठमाडौँ । भूकम्पको पाँच वर्ष बित्न लाग्दा ललितपुरवासीको धार्मिक आस्थाको धरोहरे रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकेको छैन ।  गुठी संस्थानले तीन वर्ष पहिले दुई वर्षमा सम्पन्न गर्ने गरी प्रेरा, भेगिम


z