• २०८१ बैशाख ७ शुक्रबार

गूगलका पाँच ठूला घोषणा, डाटा सुरक्षादेखि अपरेटिङ सिस्टमसम्म अपडेट गरिने 

kharibot

अमेरिका । गूगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स ‘गूगल आई÷ओ २०१९’ मा केही ठूला घोषणा गरेको छ । मे ७ देखि ९ सम्म चलिरहेको कन्फ्रेन्समा गूगलले आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड क्यू’देखि सर्च रिजल्ट्स, गूगल लेन्स, ड्राइभिङ मोड, अटो डिलिट कन्ट्रोल, प्राइभेसी, डुप्लेक्स अन द वेब र गूगल असिस्टेन्टसम्बन्धी नयाँ प्रवर्तन अथवा अपडेटको घोषणा गरेको भन्दै अमेरिकी सञ्जाल माध्यम भर्गले बताएको  हो । कार्यक्रममा गूगलका सीईओ सुन्दर पिचाईले प्राइभेसी र सेक्युरिटी सबैभन्दा अहम् भएको हुनाले यसमा विशेष ध्यान दिइएको बताएका छन् । कन्फ्रेन्समा गूगलले पिक्सल ३ए र ३एएक्सएल स्मार्टफोन पनि सार्वजनिक गरेको छ । गूगलले गरेका केही महत्त्वपूर्ण घोषणा यसप्रकार छन् :

गूगल सर्चका लागि कम्प्युटर भिजन

गूगलले सर्चका लागि कम्प्युटर भिजन र अग्मेन्टेड रियालिटी ल्याउने भएको छ । प्रयोगकर्ताले अब सर्च रिजल्टमा ३डी इमेज अथवा ३डी मोडल पनि देख्न सक्नेछन् । ३डी मोडलमा ट्याप गर्नेबित्तिकै अग्मेन्टेड रियालिटीको माध्यमले यसलाई रियन वल्र्डको आकारमा देख्न सकिनेछ । अर्थात् वास्तविक संसारमा यसलाई कस्तो देखिन्छ भन्ने ३डी मोडलबाट अनुभव गर्न सकिन्छ । 

गूगल असिस्टेन्ट १० गुणा तीव्र हुने 

गूगल असिस्टेन्टले अब पहिलेको भर्जनको तुलनामा १० गुणा छिटो काम गर्नेछ । यसको लागि रियल टाइममा रिक्वेस्ट गर्नुपर्नेछ । डेभलपर कन्फ्रेन्समा देखाइएको डेमोमा पनि गूगल असिस्टेन्टले ‘हे गूगल’ नभनी केही सेकेन्डभित्र नै विभिन्न टास्क पूरा गरेको थियो । अपडेट गरिएको गूगल असिस्टेन्ट सन् २०१९ को अन्तिमसम्ममा नयाँ स्मार्टफोनमा आउने बताइएको छ । नयाँ गूगल असिस्टेन्टले प्रयोगकर्ताको व्यक्तिगत जीवनबारे धेरै कुरा जानकारी राख्नेछ । यसका साथै यसले पोडकास्ट, रेसिपी तथा विभिन्न कार्यक्रमको बारेमा पनि व्यक्तिगत सुझाव दिनेछ । 

गूगल लेन्सले गर्नेछ अडियो र रियलटाइम ट्रान्सलेसन सपोर्ट 

गूगल लेन्सले अब अडियो (टेक्स्ट–टू–स्पीच) र रियल टाइम ट्रान्सलेसनलाई पनि सपोर्ट गर्नेछ । गूगल लेन्समा यी फिचर यो महिनाको अन्त्यसम्म आउने बताइएको छ । 

त्यस्तै, गूगलले आफ्नो इमेज रिकगिनसन सफ्टवेयर गूगल लेन्समा केही खास प्रविधि समायोजन गर्ने घोषणा गरेको छ । अब आफ्नो स्मार्टफोनको क्यामरा रेस्टुरेन्टको मेन्युमा पोइन्ट गरेमा गूगल लेन्सले रेस्टुरेन्टका खास परिकारमा हाइलाइट गर्नेछ । यसले रेस्टुरेन्टमा कुल बिल र टिपको गणना गर्न पनि सहयोग गर्नेछ । फूड आइटमतर्फ स्मार्टफोनको क्यामरा देखाएर त्यसको रेसिपी भिडियो पनि हेर्न सकिन्छ । 

नेक्स्ट जेनेरेसन अपरेटिङ सिस्टम एन्ड्रोइड क्यू 

गूगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा सबै प्रयोगकर्ताको लागि एन्ड्रोइड क्यू बेटा३ उपलब्ध गर्ने घोषणा गरेको छ । ‘एन्ड्रोइड क्यू’भन्दा राम्रो प्राइभेसी कन्ट्रोल, फोल्डेबल फोनको लागि सपोर्ट, ५जी र सिस्टम वाइड डार्क मोड जस्ता फिचरसहित नेक्स्ट जेनेरेशन अपरेटिङ सिस्टम उपलब्ध हुने गूगलले बताएको छ । 
एन्ड्रोइड क्यूको लेटेस्ट भर्जन हाल १३ ब्रान्डका २१ ओटा डिभाइसको लागि मात्र उपलब्ध छ जसमा सबै पिक्सल फोन पर्दछन् । यो सूचीमा रियलमी, साओमी, नोकिया र वानप्लसका स्मार्टफोन पनि संलग्न छन् । एन्ड्रोइड क्यू स्मार्ट रिप्लाई फिचरका साथ आउनेछ । यसले मेसेजिङ एप्लिकेसनका साथ काम गर्नेछ । त्यस्तै, एन्ड्रोइड क्यूले स्मार्ट रिप्लाई एक्सनको पनि सुझाव दिनेछ । कुन एपले फोनको ब्याकग्राउन्डमा प्रयोगकर्ताको लोकेसनको प्रयोग गरिरहेको छ भन्ने पनि गूगलले देखाउनेछ । 

म्याप र सर्चको लागि नयाँ इनकग्निटो मोड 

गूगलले प्रयोगकर्ताको कति र कसरी डाटा स्टोर गर्नेछ भन्ने कुरामा अब प्रयोगकर्ताको नियन्त्रण रहनेछ । म्याप र सर्चको प्रयोग गर्दा नयाँ इनकग्निटो मोडले व्यक्तिगत डाटा गूगल एकाउन्टले ट्रेस नगरोस् भन्ने सुनिश्चित गर्नेछ । यो मोड यूट्युबमा पनि छिट्टै आउँदै छ । वेब एक्टिभिटी र एप डाटालाई अटोडिलिट गर्ने फिल्टर हाल गूगलले उपलब्ध गराइसकेको छ । लोकेसन डाटा अटो डिलिटको अप्सन पनि आगामी हप्तादेखि उपलब्ध हुने गूगलले घोषणा गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै