• २०८१ बैशाख १२ बुधबार

अमेरिका, जापान र कोरियाबीच त्रिपक्षीय सुरक्षा वार्ता शुरु

kharibot

दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता  शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान गरिएको छ  ।

गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै