• २०८१ बैशाख ४ मंगलबार

क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी १० को मृत्यु

kharibot

लस एन्जेलस ।  अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । 

क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो । 

यसमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । 

हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ । 

यहाँको विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ । 

यसमा परी कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन् । अरु पनि स्थानीय संरचनाहरु जलेर खरानी भएका छन् । 

प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् । 

आगलागीको नियन्त्रणका लागि भएका प्रयासहरु पनि प्रभावकारी हुन सकेका छैनन् । निकै ठूलो आगोको मुस्लोले उक्त राज्यको हजारौँ हेक्टर जमिन ढाकेको । 

यसको नियन्त्रणका लागि सहज होस भनेर सबैतिर बन्द सगरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपतकालको घोषणा गर्नुभएको छ । 

आइतबार रातिबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन । 

वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ । सो बगानमा हजारौँ कामदार छन् । उनीहरुलाई आइतबार राति नै हेलिकोप्टरले सुरक्षित ठाउँमा लगेको बताइएको छ । 

आगोको गति निकै तीब्र रहेका बाइएको छ । तीब्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ । 

अमेरिकाको मौसमसम्बन्धी राष्ट्रिय सेवाले सान फ्रान्सिस्को क्षेत्रमा सुख्खापन बढी भएको र तीब्र गतिमा हावा बहेको कारणले गर्दा सो क्षेत्रमा आगो पनि तीब्र गतिमा फैलिनसक्ने चेतावनी सर्वसाधारणमा जारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै