वैशाख २० र २३ गतेका मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु

खरीबोट

काठमाडौँ । सरकारले यहि वैशाख २० गते शुक्रबार र २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरिएको छ ।

सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदका निर्णयहरु :  

१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहायता (क्रेडिट पोलिसी) को रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूत श्री डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ । 

३. नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशन निर्माण गर्ने प्रयोजनका लागि प्राप्त गर्ने निर्णय गरिएको छ ।

४. विद्युत नियमन आयोगको अध्यक्ष पदमा दिल्लीबहादुर सिंह तथा सदस्य पदमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।      

५. अध्यागमन नियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

६. विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्क अध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय गरिएको छ । 

७. विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ । 

८. हेटौडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारणलाईन आयोजना (दोस्रो खण्ड) को राइट अफ वे भित्र विभिन्न सामुदायिक वनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रुखविरुवाहरू हटाउन स्वीकृति दिइएको छ । 

९. नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।

सम्बन्धित समाचार

सरकारद्वारा चार देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका

पाँच करोडभन्दा बढीको विदेशी लगानी अस्वीकृत हुने 

काठमाडौं । उद्योगमा विदेशी लगानी गर्न पाँच करोडभन्दा बढी चाहिने भएको छ । सरकारले पाँच करोडभन्दा कमका उद्योगमा विदेशी लगानी अस्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि उद्योगमा विदेशी लगानीको सीमा

यी हुन् जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय

काठमाडौँ । सरकारले यहि बैशाख ६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका निर्णयहरु सार्वजिक गरेका हुन् । सरकारले मन्त्रिपरिषदले


z