• २०८१ बैशाख ८ शनिबार

वैदेशिक रोजगार पीडितको उजुरी लेख्न विभागको सहयोग

kharibot

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार पीडितहरुको उजुरी लेख्ने विषयमा सहयोग गर्ने भएको छ अर्थात् पीडितहरुले निःशुल्क उजुरी लेख्न सक्नेछन् ।

उजुरी लेख्नमा विभागले सहयोग गरेसँगै पीडितहरुले उजुरी लेख्नका लागि निजी संस्थालाई प्रदान गर्दै आएको रकम जोगिने विभागको भनाई छ । यसअघि पीडितहरुले बाहिरबाट उजुरी लेखेर ल्याई विभागमा बुझाउने अर्थात् दर्ता गर्ने परम्परा थियो ।

विभागले निःशुल्क रुपमा उजुरी लेख्न तथा दर्तामा सहयोग गरेसँगै पीडितहरुको तीनदेखि पाँचहजार रुपैयाँ जोगिने विभागका एक अधिकारीले बताए । पीडितहरुले यसअघि बाहिर निजी संस्था अर्थात् विशेष गरी कानूनी संस्थाहरुबाट उजुरी लेखाएर ल्याउदा रकम खर्च हुने गरेको थियो ।

यसै साताको पहिलो दिन देखि कार्यान्वयनमा ल्याएको सो सेवाले पीडितहरु लाभन्वित हुने विभागको भनाई छ । विभागले नै उजुरी लेख्न सहयोग गर्ने भएसँगै उजुरीको गोपनियता समेत हुने विभागको भनाई छ । 

विभागको काममा एकरुपता ल्याउनको लागि तथा पीडितलाई केहि मात्रामा भए पनि आर्थिक भार नपरोस् भन्ने उद्देश्यका साथ सो काम अगाडि बढाइएको विभागका अनुसन्धान तथा मुद्धा शाखाका निर्देशक राजेश्वर अर्यालले बताए । 

विभागका अनुसार पीडितहरुले दैनिक करिब ८ देखि १० वटा उजुरी विभागमा दर्ता गराएको पाइन्छ । उजुरीको संख्यालाई आधार मान्ने हो भने पीडितहरुको दैनिक करिब ३५ देखि ४० हजार रुपैयाँ जोगिने देखिन्छ । 

वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन व्यवस्था अनुसार पीडितहरुले हुलाक वा विधुतिय माध्यमबाट तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिनसक्ने छन् । यस्तै प्रजिअ समक्ष परेको उजुरी इजाजतपत्र प्राप्त संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै