सिओल । उत्तर कोरियाले विहिबार दुई सानो दुरीका ब्यालेष्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको आर्मीले दाबि गरेको छ ।
दक्षिण कोरियाको आर्मीले एक विज्ञप्ति निकाल्दै उत्तर कोरियाले देशको उत्तर पश्चिम क्षेत्रमा एउटा २६० माइल र अर्को १७० माइल दुरीको मिसाइल परीक्षण गरेको जनाएको छ ।
साथै विज्ञप्तिमा यस घटनालाई दक्षिण कोरिया र अमेरिकी विज्ञहरुले सुक्ष्म विश्लेषण गरिरहेको जनाइएको छ ।
उत्तर कोरियाले गरेको मिसाइल परिक्षण ५ दिन अघिको भएको बताइएको छ ।