• २०८१ बैशाख ११ मंगलबार

सभामुख डरपोक रहेछन् – सभापति देउवा

kharibot

वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख डरपोक भएको बताएका छन् ।

वीरगन्जको नगरसभा गृहमा कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश नम्बर २ का महिलाहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रतिपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम पास गराएको भन्दै सभामुख डरपोक भएको बताएका हुन् ।

देउवाले भने, 'ओलीको सरकारले जुन कामपनि जबरजस्ती गरिरहेको छ, मुलुकको इतिहासमा यस्तो किसिमको जबरजस्ती भएको थिएन । जेपनि जबरजस्ती पास गरिरहेका छन् ।'

प्रतिपक्षले विरोध गर्दा पनि नीति तथा कार्यक्रम पास गरे । संसद्मा जथाभावी बोल्ने गरिएको छ । 'बोल्दा गल्ती हुन सक्छ, त्यसो भएमा सरी भन्न सकिन्छ,तर त्यो पनि छैन,' देउवाले भने,'यो तानाशाही प्रवृत्ति हो । सभामुख सुनेर बस्छन्, कस्तो डरपोक सभामुख हो ।'
उनले प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्न आग्रह गरे । 

महिलाका लागि पार्टीले बढी महत्त्व दिएको उनले सुनाए । 'पार्टीमा अधिकार मात्र लिएर भएन,' देउवाले भने, 'महिलाले महिलालाई, दलितले दलितलाई, जनजातिले जनजातिको समर्थन लिनु पर्‍यो, ग्रासरुटमा काम गर्नुपर्‍यो ।'

'पार्टीमा महिलालाई ३३ प्रतिशत दिने नेपाली काँग्रेस मात्र हो, सहमहामन्त्री महिलाका लागि छुट्ट्याएका छौँ,' उनले भने, 'महिलालाई काँग्रेस जति महत्त्व अरू पार्टीले दिएका छैनन्, सच्चा मानेमा पार्टी समावेशी छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै