• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाको हारको दोष मेसीलाई पनि जानुपर्छ –रोनाल्डो  

kharibot

काठमाडौँ । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाको हारको दोष लियोनेल मेसीलाई पनि दिनुपर्ने बताएका छन् ।

रोनाल्डोले मेसीलाई बार्सिलोनाको सफलताको जति श्रेय दिइन्छ त्यति नै हारको पनि दोष दिनुपर्ने प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएर बाहिरिएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

पहिलो लिगमा मेसीको २ गोलको मद्धतले लिभरपुलविरुद्ध ३-० गोल अन्तरको जित निकालेको बार्सिलोना दोस्रो लिगमा ४-० ले पराजित भएपछि सेमिफाइनलबाट बाहिरिएको थियो ।

धेरै जसो मिडिया रिपोर्टमा ब्राजिलका फिलिप कोटिन्हो र प्रशिक्षक इर्नेष्टो भालभर्डेलाई बार्सिलोनाको हारको दोष दिइरहेका बेला रोनाल्डोले मेसीलाई हारको दोषी नदेख्नु ‘अनफेयर’ हुने बताएका छन् ।

उनले भने, ‘मैले मिडियामा देखेको छु बार्सिलोना ठुलो क्लब हो, बार्सिलोनामा उत्कृष्ट खेलाडी छन् जो मेसी हुन्, अर्को दिन फेरी मिडियामा देखिन्छ, बार्सिलोनाले मेसीले गर्दा खेल जित्यो, अन्य खेलाडीले हारे । यो सरसर अन्य खेलाडी र कोचीङ स्टाफका लागि नराम्रो कुरा हो, यस्तो हुनु हुदैन ।’

रोनाल्डोले हारको दोष कुनै एक खेलाडीलाई दिनु भन्दा पुरै टिमले लिनुपर्ने बताएका छन् । लिभरपुलले उत्कृष्ट फुटबल खेलेको भएपनि खेलको पहिलो हाफमा बार्सिलोनाले गोल गर्ने अवसर गुमाएको रोनाल्डोले बताएका छन् ।

ब्राजिलका महान खेलाडी रोनाल्डो बार्सिलोनामा सन् १९९६-९७ मा एक सिजन खेलेका थिए । त्यस सिजनमा रोनाल्डोले ४९ खेल खेल्दै ३४ गोल गरेका थिए । त्यस सिजनमा बार्सिलोनाका लागि युइएफए कप, कोपा डेल रे र सुपर कोपाको उपाधि जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै