• २०८१ बैशाख ७ शुक्रबार

दोस्रो क्वालिफायरमा चेन्नईका ‘बुढा’ र दिल्लीका ‘युवा’ बिच भिडन्त

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुदै छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । विकासपटनममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुदै छ ।

पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको चेन्नई र इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो क्वालिफायर खेल्दै छ ।

यस सिजनमा चेन्नई र दिल्लीबीच खेलिएका दुवै खेल चेन्नईले जितेको थियो । चेन्नईको ब्याटिंग लाइनअपमा केहि समस्या देखिएको छ भने बलिङ तर्फ चेन्नईका बलरले यस सिजनमा सबै भन्दा धेरै ५६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । बुढा खेलाडी भनेर आलोचना भएको चेन्नईका खेलाडीहरुले ब्याटिंगमा संघर्ष गरे पनि कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फर्मले यँहासम्म आएको देखिन्छ । तर चेन्नईको चिन्ताको विषय कहाँ छ भने पछिल्ला ६ खेलमा ४ खेलमा हार बेहोरेकोले जितको लयमा नदेखिनु रहेको छ ।

त्यस्तै युवा खेलाडीले भरिएको दिल्ली यस सिजनमा आत्मविश्वासी देखिएको छ । पहिलो पटक कवालिफायर खेलेको दिल्लीलाई युवा खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै यँहासम्म ल्याएका छन् । पछिल्लो इलिमिनेटरको खेलमा पृथ्वी शा र रिषव पन्तले सहि समयमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जित दिलाएका थिए ।

खेलाडीको प्रदर्शनको चर्चा गर्दा चेन्नईका लागि धोनीले सर्वाधिक ४०५ रन बनाएका छन् भने सुरेश रैनाले ३६४ रन बनाएका छन् । त्यस्तै दिल्लीक लागि शिखर धवनले ५०३ रन बनाएका छन् भने श्रेयस अय्यर र रिषव पन्तले समान ४५०-४५० रन बनाएका छन् ।

त्यस्तै बलिङतर्फ भने चेन्नईका इमरान ताहिरले २३ विकेट लिएका छन् भने दिपक चहरले १७ र हरभजन सिंहले १४ विकेट लिएका छन् । त्यस्तै दिल्लीका बलर कागीसो रबाड़ाले २५ विकेट लिए पनि उनी यस खेलमा खेल्ने छैनन् भने क्रिस मोरिसले १३ इशान्त शर्माले १२ र अमित मिश्राले १० विकेट लिएका छन् ।

यसरी हेर्दा अहिलेसम्म दिल्लीका ब्याट्सम्यानहरुले राम्रो रन बनाईरहेका छन् भने रबाड़ाको अनुपस्थितिमा चेन्नईका बलर उत्कृष्ट देखिन्छन् ।

सन्दीपको सम्भावना : 

सन्दीप पछिल्ला तीन खेलमा दिल्लीको प्लेइङ एघारमा परेका छैनन् । सन्दीपले यस सिजनमा ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले पछिल्लो खेल रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै विकेट लिन असफल भएका थिए । सन्दीपले सो खेलमा ३ ओभर बलिङ गर्दै ३६ रन दिएका थिए ।

त्यस अघि खेलेका हरेक खेलमा सन्दीपले विकेट लिएका थिए । सन्दीपले यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए ।

दिल्लीको टिमको अहिलेको समीकरण हेर्दा सन्दीपको यस खेलमा खेल्ने सम्भावना कम नै रहेको छ । विदेशी खेलाडीको कोटाबाट खेल्ने ४ खेलाडीको कोटामा पछिल्लो खेलमा कोलिन मुन्रो, शेरफान रुदरफोर्ड, कीमो पाउल र ट्रेन्ट बोल्ट खेलेका थिए । यस सिजनमा सन्दीप तुलनात्मक रुपमा महँगो साबित भएकाले पनि यस खेलमा सन्दीपको सम्भावना कम देखिएको छ तर स्पिनलाई सहयोग हुने पिच भएकाले दिल्लीले तीन स्पिनर खेलाएमा मात्र सन्दीपलाई ठाउ दिने देखिन्छ । 

यो खेल हुने विकसापटनमको ग्राउण्ड औसत रन बन्ने ग्राउण्ड रहेको छ । यस ग्राउण्डमा अहिलेसम्म खेलिएका टी-२० र आइपिएल खेलहरुको पहिलो इनिंगको औसत रन १४६ रन रहेको छ । इलिमिनेटरको खेल पनि यसै मैदानमा भएकाले दिल्ली यस मैदानको पिचसँग परिचित देखिएकाले सोहि खेलको प्लेइङ इलेभेनसँग दिल्ली खेल्न सक्ने देखिन्छ ।
त्यस्तै चेन्नईले भने पछिल्लो मुम्बईविरुद्ध खेलेको टिम नै खेलाउने देखिन्छ ।

दिल्लीको सम्भावित प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा,  रिसभ पन्त,  कोलिन मुन्रो/(सन्दीप लामिछाने),  अक्सर पटेल, इशान्त शर्मा, शेर्फान रुथरफोर्ड,  ट्रेन्ट बोल्ट, किमो पाउल र अमित मिश्रा । 

चेन्नईको सम्भावित प्लेइङ ११ : महेन्द्र सिंह धोनी (कप्तान), सुरेश रैना, फाफ डु प्लेसिस, शेन वाटसन, रविन्द्र जडेजा, हरभजन सिंह, इमरान ताहिर, दिपक चहर, डवाने ब्राभो, अम्बाती रायडु र मुरली विजय ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै