• २०८१ बैशाख १३ बिहीबार

फ्यानलाई घुस्सा हानेका नेइमारलाई तीन खेलको प्रतिबन्ध  

kharibot

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमारलाई फ्रेन्च फुटबल एशिसिएसनको अनुशासन कमिटीले तीन घरेलु खेलमा प्रतिबन्ध लगाएको छ  ।

अघिल्लो साता कोपा डे फ्रान्सको फाइनलमा रेन्नेजसँग पराजित भएपछि नेइमारले फ्यानलाई घुस्सा हिर्काएको आरोपमा तीन खेलको प्रतिबन्ध लगाइएको हो ।

यस अघि च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि सामाजिक संजालमा रेफ्रीको अपमान गरेको आरोपमा च्याम्पियन्स लिगका ३ खेलमा प्रतिबन्ध बेहोरेका नेइमारमाथि फेरी घरेलु खेलहरुमा प्रतिबन्धमा परेका हुन् ।

कोपा फ्रान्सको फाइनल खेल सकिएपछि मेडल लिन सिढी चड्ने क्रममा नेइमारले एक फ्यानलाई घुस्सा हानेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि फ्रेन्च फुटबल फेडेरेसनले सो प्रकरणमा छानबिनसुरु गरेको थियो । ति फ्यानले पिएसजीका खेलाडीलाई अपमान गरेपछि नेइमारले घुस्सा हानेको दृश्य क्यामरामा कैद भएको थियो ।

यस प्रकरणमा पिएसजीले एक विज्ञप्ति निकाल्दै ति फ्यानले पिएसजीका खेलाडीलाई अपमान गरेको उल्लेख गरेको थियो । साथै नेइमारले पनि आफुले गल्ति गरेको स्वीकार्दै कोहि पनि तटस्थ रहन नसक्ने बताएका थिए ।

यस प्रकरणमा पिएसजीका प्रमुख प्रशिक्षक थोमस तुचेलले भने नेइमारले दर्शकलाई घुस्सा हानेकोमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै नेइमारको आलोचना गरेका थिए ।
पिएसजी र नेइमार दुवैले सो प्रतिबन्धविरुद्ध अपिल गर्ने पिएसजीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै