• २०८१ बैशाख १२ बुधबार

हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउछौं – प्रचण्ड 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउने बताएका छन् ।

राजधानीको वसन्तपुरमा खड्गी समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वैकल्पिक माध्यमबाट मेलम्चीको पानीलाई काठमाडौं ल्याउने बताएका हुन् ।

‘प्रधानमन्त्री र म आफैंले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी लिएर आउनुपर्छ भन्नेमा दृढ छौं’ उनले भने,‘मेलम्ची छिट्टै ल्याउँदा त्यसको प्रभावलाई ख्याल गर्दा प्रधानमन्त्री र मन्त्रीले देखाउनुभएको तत्परतामा पनि कुनै शंका छैन, मैले विगतको सबै अनुभवहरुलाई र्हेदा बलियो हात नचलाईकन र सरकारले दह्रो कदम नचालीकन अझै पनि कठिन छ ।’

सबैले सबैको अस्तित्व स्वीकार गरेपछि मात्र राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने समेत उनले बताएका छन् । ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ’ उनले भने।

प्रचन्डले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै