• २०८१ बैशाख १३ बिहीबार

चेन्नईविरुद्ध दिल्लीले पहिला ब्याटिंग गर्दै, सन्दीप बेन्चमा  

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुदै छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । विकासपटनममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुदै छ ।

चेन्नईविरुद्ध दिल्लीले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।  

पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको चेन्नई र इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो क्वालिफायर खेल्दै छ ।

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ एघारमा परेका छैनन्  । सन्दीप पछिल्ला तीन खेलमा दिल्लीको प्लेइङ एघारमा परेका थिएनन् । सन्दीपले यस सिजनमा ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले पछिल्लो खेल रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै विकेट लिन असफल भएका थिए । सन्दीपले सो खेलमा ३ ओभर बलिङ गर्दै ३६ रन दिएका थिए । त्यसअघि खेलेका हरेक खेलमा सन्दीपले विकेट लिएका थिए । सन्दीपले यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए ।

दिल्लीको प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा,  रिसभ पन्त,  कोलिन मुन्रो,  अक्सर पटेल, इशान्त शर्मा, शेर्फान रुथरफोर्ड,  ट्रेन्ट बोल्ट, किमो पाउल र अमित मिश्रा । 

चेन्नईको प्लेइङ ११ : महेन्द्र सिंह धोनी (कप्तान), सुरेश रैना, फाफ डु प्लेसिस, शेन वाटसन, रविन्द्र जडेजा, हरभजन सिंह, इमरान ताहिर, दिपक चहर, डवाने ब्राभो, अम्बाती रायडु र श्रदुल ठाकुर ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै