• २०८१ बैशाख ८ शनिबार

प्रयाप्त मौका नपाई सकियो सन्दीपको आइपिएल यात्रा !

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सकिएको छ ।

गएराती सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्लीको यस सिजनको आइपिएल यात्रा सकिएको हो ।

दिल्ली आइपिएलबाट बाहिरिएपछि सन्दीपको आइपिएल यात्रापनि सकिएको छ ।  

दोस्रो सिजन आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपको यस सिजन मिश्रित रहेको छ । दिल्लीले खेलेका कुल १६ खेलमा सन्दीपले केवल ६ खेलमा खेल्ने मौका पाए । 

सन्दीपले खेलेका ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बाहेक अन्य पाँचै खेलमा विकेट लिएका थिए । यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए । 

यस आइपिएलमा सन्दीपको प्रदर्शन :

१.    कोलकोता नाइटराइडर्स : ४-०-२९-१
२.    किंग्स इलेभेन पंजाव : ४-०-२७-२  
३.    किंग्स इलेभेन पंजाव : ४-०-४०-३
४.    सनराइजर्स हैदरावाद : ४-०-३२-१ 
५.    रोयल च्यालेन्जर्स बैंगलोर : ४-०-४६-१  
६.    रोयल च्यालेन्जर्स बैंगलोर : ३-०-३६-०

दिल्लीको विदेशी खेलाडीको कोटाबाट नियमित रुपमा प्लेइङ एघारमा पर्न नसक्दा सन्दीपको यस सिजनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।

समग्रमा हेर्दा सन्दीपले यस सिजनमा कुल ६ खेलमा २३ ओभर बलिङ गर्दै २१० रन दिएर ८ विकेट लिएका छन् । सन्दीपको औसत विकेट २६.२५ रन छ भने इकोनोमी ९.१३ रन प्रति ओभर रहेको छ । सन्दीप यस आइपिएलमा उनको टी-२० क्यारियरको बलिङ इकोनोमी रेट भन्दा महँगो भएको देखिन्छ । सन्दीपको टी-२० क्यारियरमा प्रति विकेट औसत रन २०.१३ छ भने इकोनोमी ७.१५ रन प्रति ओभर रहेको छ ।

अघिल्लो सिजनमा केबल ३ खेल खेलेका सन्दीपले ६.८३ को इकोनोमी रेटले ५ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै