• २०८१ बैशाख ७ शुक्रबार

नासाले सन् २०२२ मा एक छुद्रग्रहलाई ठक्कर दिनका लागि अन्तरिक्षयान पठाउँदै !

kharibot

नासाले पहिलोपटक यस्तो अन्तरिक्षयान लन्च गर्दै छ जो सन् २०२२ मा एक छुद्रग्रहसँग गएर ठोक्किने छ । अमेरिकी स्पेस एजेन्सीले बताएअनुसार पृथ्वीको रक्षा प्रणालीलाई दर्शाउनका लागि यस्तो गर्न लागिएको हो ।

द डबल एस्टोरोइड टेस्ट(डार्ट)ले बाइनरी एस्टोरोइड मण्डलमा रहेको एक सानो मुनलेटलाई प्रहार गर्ने केवल एक मौका मात्र पाउनेछ ।

उक्त छुद्रग्रह पृथ्वीका लागि कुनै खतरा नरेहेको नासाले आफ्नो विज्ञप्तिमा जनाएको छ । एक सानो छुद्रग्रहले ठूलो छुद्रग्रहलाई परिक्रमा गर्दाको परिवर्तनहरू मापन गर्न कुनै एक छुद्रग्रहले सूर्यको वरिपरि परिक्रमा गर्दा भन्दा निकै सहज हुने गर्छ ।

हाल यो मिसनलाई सफल बनाउनका लागि मेरिल्याण्डमा रहेको जोन होप्किन्स अप्लाइड फिजिक्स ल्याबरोटरी र अन्य अमेरिकी स्थानहरूमा तीब्र गतिमा काम भइरहेको बताइएको छ । १०२१ को गर्मी मौसममा यानलाई प्रक्षेपण गरिने योजना रहेको बताइएको छ ।

डार्ट नामक उक्त अन्तरिक्षयानलाई उसको टार्गेटतर्फ न्याभिगेट गर्नका लागि वैज्ञानिकहरूले त्यो बाइनरी एस्टोरोइड मण्डल कसरी व्यवहार गर्छ भनेर अध्ययन गर्नुपर्ने हुन्छ ।

वैज्ञानिकहरूले डीड़ाइमोसलाई पृथ्वीबाट अवलोकन गर्नका लागि सन् २०१५ बाट नै निकै प्रयासहरू गर्दै आएका छन् । यस्ता अवलोकनहरूले डार्टले आफ्नो टार्गेट डीड़ाइमोस बीलाई २०२२ को सेप्टेम्बरमा ठक्कर दिंदा कस्ता असरहरू देखिनेछन् भनेर राम्रोसँग बुझ्नका लागि मद्दत गर्नेछन् ।

डीड़ाइमोस मण्डल निकै सानो र दूर रहेकाले प्रकाशको एउटा सानो विन्दु बाहेक अरु केही देख्न नसकिएको तर आफूहरूले त्यस विन्दुको प्रकाशको चमकलाई मापन गरेर आवश्यक तथ्यांकहरू प्राप्त गर्न सकिने डार्ट अनुसन्धान टोलिका एन्डी रिभ्किनले संचारमाध्यमलाई बताएका छन् । डीड़ाइमोस एले परिक्रमा गर्दा र डीड़ाइमोस बीले आफ्नो कक्ष्यमा परिक्रमा गर्दा प्रकाशको चमकमा परिवर्तन आउने गर्छ ।

प्रकाशको चमकमा आएको परिवर्तनले हामीले हेर्दा सानो चन्द्रमा डीड़ाइमोस बी अगाडिबाट गुज्रिरहेको छ कि डीड़ाइमोस एको पछाडि छोपिएको छ भनेर जनाउँछ ।

यी अवलोकनहरूले वैज्ञानिकहरूलाई डीड़ाइमोस एको सापेक्षतामा डीड़ाइमोस बीको स्थान पत्ता लगाउन सहयोग गर्छ र डार्टले कतिबेला ठक्कर दिनुपर्ने भन्ने सही समयको अनुमान गर्न सजिलो हुन्छ ।

अनुसन्धानरत टोलीले डीड़ाइमोसलाई पुन: २०२० को अन्त्यबाट अवलोकन गर्नेछ । अन्तिम अवलोकन भने अन्तरिक्षयान छुद्रग्रहतर्फ यात्रा गर्दा र ठोकिएको बेला गरिनेछ ।

टेलिस्कोपबाट गरिने अवलोकनहरू नै डीड़ाइमोसलाई अध्ययन गर्नका लागि सबैभन्दा महत्वपूर्ण हुने गर्छन् तर ती डार्टको टार्गेट डीड़ाइमोस बीलाई बुझ्न भने पर्याप्त हुँदैनन् ।

 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै