• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : नेप्से १२ सय ९१ अंकमा, तीन अर्ब ४६ करोडको कारोवार 

kharibot

काठमाडौं । यो साता एक सय ७१ कम्पनीहरुको ३८ हजार पाँच सय २५ वटा कारोवार भएकाछन ।

जसअनुसार एक करोड २४ लाख एक हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ४६ करोड ८१ लाख ४३ हजार चार सय २३ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा कम हो । 

गत साता भने नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक सय ७० कम्पनीहरुको ४६ हजार छ सय ३६ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड २७ लाख सात हजार नौ सय ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ४१ करोड १६ लाख ४९ हजार नौ सय ८७ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय ९१ दसमलव ९६ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७६ दसमलव ५२ अंकमा पुगेर रोकिएको छ । 

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौ दिन नेप्से घटेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से बढेको थियो । पहिलो दिन बजार परिसुचक १६ दसमलव ७१ अंकले घटेर १२ सय ७७ दसमलव  ६८ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ८६ अंकले घटेर दुई सय ७३ दसमलव ९६ अंकमा झरेको थियो ।

दोस्रो दिन भने बजार परिसुचक २१ दसमलव ७३ अंकले बढेर १२ सय ९९ दसमलव ४१ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव एक अंकले बढेर दुई सय ७८ दसमलव ९७ अंकमा चढेको थियो । तेस्रो दिन बजार परिसुचक एक दसमलव ८७ अंकले उकालो लागेर १३ सय एक दसमलव २८ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि  शुन्य दसमलव २७ अंकले उकालो लागेर दुई सय ७९ दसमलव २४ अंकमा चढेको थियो ।

साताको चौथो दिन भने सेयर बजार परिसुचक तीन दसमलव ६८ अंकले घटेर १२ सय ९७ दसमलव ६० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १७ अंकले घटेर दुई सय ७८ दसमलव शुन्य सात अंकमा पुगेको थियो । साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक पाँच दसमलव ६४ अंकले घटेर १२ सय ९१ दसमलव ९६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५५ अंकले घटेर दुई सय ७६ दसमलव ५२ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सहयोगी बिकास बैकको संस्थापक सेयर, सिभिल बैंक, नेपाल बैक आदि परेकाछन । कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता सहयोगी बिकास बैंक बैक, एनआईसी एशिया बैंक, एनसीसी बैक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । यसैगरी बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता सिभिल लघुबित्त बित्तीय संस्था, कावेली बिकास बैंक, मिर्मिरे लघुबित्त बित्तीय संस्था, नेपाल एसबिआई बैंक आदिको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै